काठमाडौँ, असोज २६ गते । रोहित पौडेलेको कीर्तिमान शतकको सहयोगमा नेपालले आइतबार आइसिसी क्रिकेट विश्वकप लिग–२ मा क्यानडालाई २४ रनले हराएको छ । विश्वकप लिग–२ मा नेपालको शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको छ । आठ टिम सहभागी यस प्रतियोगिताबाट विश्वकप एकदिवसीयको छनोटमा सिधा प्रवेश पाउन शीर्ष चारमा पर्न आवश्यक छ । यद्यपि यस जितले नेपालको एकदिवसीय मान्यता […]
सिद्धार्थनगर, असोज १४ गते । विभागीय टोली नेपाल पुलिस क्लबले बुटवलमा जारी मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा बुधबार भएको खेलमा पुलिसले खैरा भलिबल क्लब पन्जाबलाई ३–१ को सेटमा हराएको हो । पुलिसले खैरामाथि २६–२४, २६–२४, २०–२५, २५–१९ को नतिजा निकाल्यो । […]
काठमाडौँ, असोज १३ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली खेलकुदसहित ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा अपेक्षित नतिजा हासिल गर्न खेलकुदको तल्लो तहदेखि दीर्घकालीन लगानी आवश्यक रहेको बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले विगतमा ‘ग्रासरुट’ तहमा पर्याप्त लगानी हुन नसक्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन कमजोर भएको […]
नागोया (जापान), असोज ७ गते । २० औँ एसियाली खेलकुदमा नेपालका बक्सर खगेन्द्र रोकामगरले विजयी सुरुआत गर्नुर्भको छ । नागोयास्थित निसिओ जिम्न्यासियममा खगेन्द्रले बुधबार मकाउका एलभन जोन रेयस सालिनासलाई अङ्कको आधारमा ५–० ले हराउनुभयो । पाँचै निर्णायकले खगेन्द्रको पक्षमा ३०–२६, ३०–२६, ३०–२५, ३०–२५, ३०–२५ ले निर्णय दिएका थिए । चालू एसियाडमा नेपालले बक्सिङमा हासिल गरेको […]
नागोया (जापान), असोज ६ गते । २० औँ एसियाली खेलकुदमा नेपालले मार्सल आर्ट्सबाट पदकको अपेक्षा राखेको छ । जसमध्ये उसु पनि एक हो । यद्यपि नेपाली उसुले सोमबार निराश पारेको छ । आइची प्रिफेक्चुरल मार्सल आर्ट्स हलमा भएको उसु प्रतियोगिताको दोस्रो दिन महिला छाङक्वान फाइनल इभेन्टमा सुस्मिता तामाङले १३ औँ स्थान हासिल गर्नुभयो । उहाँले […]
नागोया (जापान), असोज ४ गते । ओलम्पिकपछि विश्वकै दोस्रो ठुलो खेलकुुद मेलाका रूपमा रहेको एसियाली खेलकुदको २० औँ संस्करणको उद्घाटन शनिबार जापानको आइची नागोयाको पालोमा मिजुहो रङ्गशालामा भव्य रूपमा भएको छ । जापानका सम्राट् नारुहितोले २०२६ एसियाली खेलकुद आधिकारिक रूपमा सुरु भएको घोषणा गर्नुभयो । सो अवसरमा जापानकी साम्राज्ञी मासाको, राजकुमार आकिससिनो र राजकुमारी किकोका […]
काठमाडौँ, भदौ २७ गते । ओपनर आसिफ शेखको शतकको मद्दतमा एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ३१४ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनायो । नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले […]
काठमाडौँ, भदौ २५ गते । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष क्रिकेट टोलीले बिहीबार ओमानविरुद्ध खेल्दैछ । यी दुई टोलीबिचको खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा बिहान ७ः१५ बजे सुरु भएको छ । समूह ‘ए’ को विजेता नेपाल फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल समूह […]
काठमाडौँ, भदौ १८ गते । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले आयोजक मलेसियाविरुद्ध टस हारेर फिल्डिङ गरिरहेको छ । यी दुई टोलीबिचको खेल बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भइरहेको हो । नेपालले बिहीबारको खेलमा पनि उत्कृष्ट बलिङ गरिरहेको छ । एक्काइस ओभरमा नेपालले मलेसियाको पाँच विकेट लिइसकेको छ । जारी प्रतियोगितामा नेपाल र […]
काठमाडौँ, भदौ १४ गते । तेस्रो संस्करणको एसिसी प्रिमियर आइतबारदेखि मलेसियामा सुरु हुँदैछ । प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ । नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, […]