काठमाडौँ, भदौ १८ गते । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले आयोजक मलेसियाविरुद्ध टस हारेर फिल्डिङ गरिरहेको छ । यी दुई टोलीबिचको खेल बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भइरहेको हो । नेपालले बिहीबारको खेलमा पनि उत्कृष्ट बलिङ गरिरहेको छ । एक्काइस ओभरमा नेपालले मलेसियाको पाँच विकेट लिइसकेको छ । जारी प्रतियोगितामा नेपाल र […]
काठमाडौँ, भदौ १४ गते । तेस्रो संस्करणको एसिसी प्रिमियर आइतबारदेखि मलेसियामा सुरु हुँदैछ । प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ । नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, […]
काठमाडौँ, भदौ १३ गते । अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले शनिबार भिक्टोरिया सिए–११ विरुद्ध खेल्दै छ । डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने यी दुई टोलीबिचको खेल अपराह्न १ः१५ बजे सुरु हुनेछ । सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपाल सान्त्वना जितको खोजीमा छ । नेपाल चार अङ्कसहित तालिकाको सातौँ स्थानमा […]
काठमाडौँ, भदौ १० गते । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध खेल्दैछ । यी दुई टोलीबिचको खेल आज अपराह्न ३ः१५ बजेदेखि डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टोली दोस्रो जितको खोजीमा छ । नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रनको जित निकालेको […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएका काम अघि बढ्नेछन् । कार्य क्षेत्रमा मेहनतको प्रशंसा हुनुका साथै नयाँ जिम्मेवारी पाउने सम्भावना छ । व्यापारमा नयाँ अवसर मिल्न सक्छ । आर्थिक लाभ भएपनि अनावश्यक खर्चबाट जोगिनुहोला । परिवारमा सुखद वातावरण रहनेछ । स्वास्थ्य सामान्यत: राम्रो रहनेछ । वृष (इ, उ, ए, […]
काठमाडौँ, भदौ ५ गते । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सन्धिका पक्ष राष्ट्रको सम्मेलन (कोप–३१) यस वर्ष टर्किएको अन्ताल्यामा आगामी कात्तिक २३ देखि मङ्सिर ४ सम्म हुने गरी तयारी सुरु भएको छ । आसन्न सम्मेलनमा अस्ट्रेलिया र टर्किएले संयुक्त रूपमा आयोजना गर्ने भएकाले पनि कोप–३१ सम्मेलन विगतको भन्दा पृथक् हुने अनुमान गरिएको छ । प्रत्यक्ष आयोजकका […]
काठमाडौँ, भदौ २ गते । टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ । टोली सिरिज खेल्न गएराति त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान)ले अस्ट्रेलिया जाने १५ सदस्यीय टोलीलाई आइतबार नै बिदाइ गरेको थियो । यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिलकुमार साहले गर्ने छन् । यही […]
कास्की, साउन २९ गते । जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म २०औँ एसियाली खेलकुद आयोजना हुँदैछ । हरेक चार वर्षमा आयोजना हुने यस प्रतियोगिता एसियाली खेलाडीका लागि ठूलो खेल महोत्सव हो । प्रतियोगिता केवल एउटा प्रतियोगिता नभई खेलाडीको वर्षौंको मिहिनेत र सङ्घर्षलाई अन्तरराष्ट्रिय मञ्चमा प्रमाणित गर्ने अवसर बन्ने गरेको छ । […]
काठमाडौँ, साउन १९ गते । ह्वीलचेयर टेनिस खेलाडी रामबहादुर तामाङले पाँचौँ एसियाली पारा खेलकुदमा सहभागी हुन वाइल्ड कार्ड पाउनुभएको छ । राम विपर्टाइट इन्भिटेसन प्रणालीमार्फत पारा एसियाली खेलकुदका लागि छनोट भएको नेपाल ह्वीलचेयर टेनिस सङ्घका अध्यक्ष विकास थापाले जानकारी दिनुभयो । पारा एसियाली खेलकुदको ह्वीलचेयर टेनिसमा नेपालको पहिलो सहभागिता हुन लागेको हो । पारा एसियाली […]
न्युयोर्क, साउन ३ गते । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिना विश्व च्याम्पियन बन्न भिड्दै छन् । यो फाइनल अर्जेन्टिनाका कप्तान लियोनेल मेसी र स्पेनका लामिने यमालका कारण पनि चर्चामा छ । यी दुईबिचको भिडन्त हुने भएकाले मात्र होइन, यो फाइनल करिब १९ वर्षअघि खिचिएको यी दुईको तस्बिरले पनि चर्चा भएको हो । सन् २००७ मा २० […]