यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, असार २२ गते ।  नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ०४ पैसा र बिक्रीदर १५२ रुपियाँ ६४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ८८ पैसा र बिक्रीदर १७४ रुपियाँ ५७ पैसा, […]

‘किसानमुखी नीति प्राथमिकतामा’

काठमाडौँ, असार २१ गते । कृषि, वन तथा पर्यावरण मन्त्रालयले डिजिटल रूपान्तरण, अन्तर्राष्ट्रिय सहकार्य र किसानमुखी नीतिलाई प्राथमिकतामा राख्दै विभिन्न नीतिगत तथा संस्थागत सुधारका कार्यक्रम अघि बढाएको जनाएको छ । नयाँ सरकार गठन भएको एक सय दिन पूरा भएको अवसरमा मन्त्रालयले गरेको कार्यसम्पादनको विस्तृत प्रगति विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले कृषि तथा पशुपन्छी बिमा प्रणालीलाई थप […]

‘अस्वाभाविक कर्जा विस्तारले आर्थिक वृद्धि अस्थिर’

काठमाडौँ, असार २१ गते । विगत ३५ वर्षमा नेपालमा भएका तीन वटा अस्वाभाविक कर्जा विस्तार (क्रेडिट बुम) ले आर्थिक वृद्धि दिगो बनाउन नसकेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको कार्यपत्र ‘एन एनाटोमी अफ नेपाल्स क्रेडिट बुम : १९९०–२०२५’ का अनुसार क्रेडिट बुमले वित्तीय अस्थिरता, बाह्य क्षेत्र सङ्कट, सम्पत्ति मूल्यको अस्वाभाविक वृद्धि र […]

बागमती प्रदेशकोे बजेट पारित

मकवानपुर, असार २१ गते  । बागमती प्रदेश सभाबाट बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको शनिबार बसेको बैठकबाट बजेट पारित भएसँगै प्रदेश सरकारलाई आव २०८३/८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट आगामी साउन १ गतेदेखि खर्च गर्ने बाटो खुलेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, असार  १९  गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४१, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु […]

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

काठमाडौँ,  असार १९ गते । बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१,  सङ्केत बत्ती उल्लङ्घनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ […]

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ, असार  १६ गते ।   स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा चार हजार ५०० ले गिरावट आएको  छ भने चाँदी २५ ले गिरावट आएको  छ । आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार ९०० र चाँदी चार हजार २८५ […]

जलवायु अनुकूलनमा नेपाललाई एक अर्ब ३३ करोड

काठमाडौँ, असार १६ गते । नेपालका अति जोखिमयुक्त हिमाली तथा पहाडी समुदायको खाद्य प्रणालीलाई जलवायु उत्थानशील बनाउन अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले नेपालका लागि १० मिलियन अमेरिकी डलर (करिब रु १ अर्ब ३३ करोड) बराबरको अनुदान परियोजना स्वीकृत गरेको छ। वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को साझेदारीमा सञ्चालन हुने यस […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, असार  १५  गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४०, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, असार १४ गते ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४०, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ