नेपालमा २२ देशका मुद्रा खरिद विक्री

काठमाडौँ, मङ्सिर ७ गते ।  नेपालमा २२ देशका मुद्रा खरिद विक्री हुन थालेको छ । यस अघि २१ देशका मुद्राको कारोवार गर्दै आएको नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा कारोवार सुरु गरेसँगै २२ देशको मुद्राको कारोवार सुरु भएको विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराई जानकारी दिनुभयो । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा […]

दाङमा धान उत्पादन बढ्यो

दाङ, मङ्सिर ७ गते : गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका  सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । […]

हवाई भाडामा कडाइ

नेपालको मुख्य विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य उडानको भाडा चर्को वृद्धि भएसँगै यसको बहुआयामिक दुष्प्रभाव परेको छ । मर्मत तथा विस्तारका निम्ति गत कात्तिक २३ गतेदेखि रातिको निश्चित समय विमानस्थल बन्द गर्नुपर्ने बाध्यतालाई विमान सेवा कम्पनीहरूले भाडा बढाउने बहाना बनाएका छन् । भाडामा अत्यधिक वृद्धि गरिएपछि नेपालबाट काम गर्न जाने श्रमिकहरू चर्को मारमा परेका छन् […]

सहकारीका समस्या सम्बोधन गर्न कानुन संशोधनको तयारी

काठमाडौँ, मङ्सिर ७ गते :  बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्नमाथि कानुनी कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले संस्थागत सुशासन र नियमनका लागि आधा दर्जन कानुन परिमार्जनको प्रक्रिया पनि अगाडि बढाएको छ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनको सुझाव तथा तत्कालीन समस्या सम्बोधनका लागि कानुन संशोधनको तयारी गरिएको हो । संसद्को […]

एउटै गाउँबाट बिक्यो छ करोडको अकबरे

तानसेन, कात्तिक २५ गते । रिब्दीकोटका किसानले छ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन् । पालिकाभित्रका विभिन्न वडाका किसानले यस वर्ष छ करोडभन्दा बढी मूल्यका अकबरे खुर्सानी बिक्री गरेका हुन् । अकबरे खुर्सानीबाट यहाँका प्रतिकिसान एक लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएका छन् । चार वर्षअघि रिब्दीकोटको पालुङ्मैनादी, भैरवस्थान, खस्यौली, देउरालीलगायतका स्थानमा व्यावसायिक अकबरे […]

सहुलियत पसलको कारोबार बढ्यो

काठमाडौँ, कात्तिक २५ गते । चाडपर्वलक्षित सहुलियत मूल्य पसलको कारोबार गत वर्षभन्दा यस वर्ष बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले गत वर्ष सञ्चालन गरेका चाडपर्वलक्षित सहुलियत मूल्य पसलबाट सात करोड बराबरको कारोबार भएको र यस वर्ष साढे सात करोड बराबरको कारोबार गरेको जनाएको छ । कर्पोरेसनले गत असोज ७ गतेदेखि कात्तिक २१ गतेसम्म सहुलियत मूल्य पसल सञ्चालन […]

बन्द भृकुटी कागज कारखानाका मजदुरले तलब पाउने

गैँडाकोट, कात्तिक २५ गते ।  नवलपरासीपूर्वको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना लिमिटेडका मजदुरले कारखाना बन्द हुनुअघिको तलबभत्ता पाउने भएका छन् । १३ वर्षदेखि बन्द भृकुटी कागज कारखाना अहिले खण्डहरमा परिणत भइसकेको छ भने मेसिन काम नलाग्ने भइसकेका छन् । यहाँ कार्यरत मजदुरले कारखाना बन्द हुुनुअघिको तलबभत्ता पाएका थिएनन् । नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठले उक्त तलबभत्ता […]

भारतीय पर्यटक घटे अमेरिकी बढे

काठमाडौँ, कात्तिक २४ गते । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२४ को पछिल्लो तीन महिनामा भारतीय पर्यटकको आगमन सङ्ख्या निरन्तर घट्दै गएको छ तर अमेरिकी भने बढेका छन् । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “भारत नेपाली पर्यटनको प्रमुख स्रोत बजार हो । त्यस्तै दोस्रोमा रहेको चीनलाई अहिले अमेरिकी पर्यटकको सङ्ख्याले उछिनेको […]

गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान

काठमाडौँ, कात्तिक २४ गते ।  मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् । विमानस्थलका महाप्रबन्धक […]

रिलायन्सलाई उच्च अदालतबाट सफाइ

काठमाडौँ, कात्तिक २३ गते । बुक बिल्डिङ विधिमार्फत सवसाधारणका लागि सेयर जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन गर्न अदालतले बाटो खुला गरिदिएको छ । महँगो र अस्वाभाविक मूल्यमा सेयर जारी गर्न लागेको भन्दै सो कम्पनीको सेयर बिक्रीमा रोक लगाउन माग गर्दै परेको रिट बुधबार उच्च अदालत पाटनले खारेज गरिदिएको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल