काठमाडौँ, साउन ३१ गते । मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरुले बताउनुभएकाे छ । उहाँहरूले विद्युत् बजार विस्तार गर्न नयाँ कानुन आवश्यक नरहेको र विद्यमान विद्युत् ऐन, २०४९ का आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन सकिने बताउनुभएकाे हाे । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (इप्पान)ले हालै […]
काठमाडौँ, साउन २९ गते । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याउनुभएको छ । उहाँले नेपाल र चीनबिचको कूटनीतिक सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य, समानता र एकअर्काका भावना र संवेदनशीलताप्रतिको सम्मानमा आधारित रहेको बताउनुभयो । नेपाल र चीनबिचको कूटनीतिक […]
तनहुँ, साउन २९ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालन गरी परीक्षणपछि निजी क्षेत्रलाई जिम्मा दिने नीति सरकारले लिएको बताउनुभएको छ। जिल्ला समन्वय समिति तनहुँले दमौलीमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को जिल्ला स्तरीय दुईदिने वार्षिक समीक्षा कार्यक्रमको बिहीबार उद्घाटन गर्दै उहाँले बन्द उद्योग सञ्चालनमार्फत रोजगारी वृद्धि, उत्पादन विस्तार र […]
सुनसरी, साउन २९ गते । धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजारबराबरको बजेट पारित गरेको छ । बिहीबार सम्पन्न १९औँ नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो । धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले […]
दमौली (तनहुँ), साउन २८ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताउनुभएको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणका क्रममा बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा. वाग्लेले सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर अत्यावश्यक […]
काठमाडौँ, साउन २६ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित गरिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा गतवर्ष भदौ २३ र २४ गते जलेका स्रेस्ताका कारण १७९ कार्यालयको महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षा गर्न नसकेको विषयको छलफलका क्रममा उहाँले पहिले सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित […]
काठमाडौँ, साउन २७ गते । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान महाशाखा प्रमुख एवं सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव र कानुन, न्याय तथा संसदीय मामिला […]
मकवानपुर, साउन २७ गते । बागमती प्रदेश सरकारले प्रदेशभर उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि सहुलियतमा ऋण अनुदान दिने भएको छ । प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, व्यापार, सूचना प्रविधि तथा स्र्टाटअप व्यवसाय कार्यक्रममार्फत उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋणमा लाग्ने व्याजमा अनुदान प्रदान गर्ने भएको हो । प्रदेश सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष जनशक्ति, […]
काठमाडौँ, साउन २६ गते । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियाको रोजगारीमा जान कोरियाली भाषा परीक्षाका लागि माग गरेको आवेदनमा साढे सात गुणाभन्दा बढीको आवेदन परेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सन् २०२६ मा इपिएसमार्फत दक्षिण कोरियाको रोजगारीमा सात हजार दुई जनाका लागि आवेदन माग गरेकोमा ७६ हजार १७२ जनाको […]
काठमाडौँ, साउन २५ गते । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ०४ पैसा र बिक्रीदर १५२ रुपियाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ७४ पैसा र बिक्रीदर १७६ रुपियाँ ४३ पैसा, युके […]