रेसुंगा(गुल्मी), मङ्सिर २९ गते । गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेका २७ जना श्रमीकलाई सम्मान गरिएको छ । वडा कार्यालयको नियमित कार्यक्रमअन्तर्गत लामो समयदेखि काठेकर्मी र आरन सञ्चालन गरेका श्रमीकहरुलाई सम्मान गरिएको धुर्कोट गाउँपालिका–३ हाडहाडेका वडाध्यक्ष पदम बिष्टले बताउनुभयो । वडा कार्यालयले बर्सेनी फरकफरक श्रम गर्नेहरुलाई सम्मान गर्दै आएको छ । गत वर्ष कटुवाल, हुलाकी, उत्कृष्ट बिषयगत […]
बेलबारी (मोरङ), मङ्सिर २८ गते । जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन […]
काठमाडौँ , मङ्सिर २७ गते । जेन जी पुस्ताले उठाउँदै आएको सुशासनका एजेन्डालाई सहकारी आन्दोलन मार्फत संस्थागत रुपमा अघि बढाइरहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष तथा हाल संस्थाको सल्लाहकार परिषद्का संयोजक योगेन्द्र कुमार कुँवरले बताउनुभएको छ। काठमाडौँमा आयोजित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभाका प्रमुख […]
लमजुङ, मङ्सिर २७ गते । आजभोलि भान्छामा अचार अनिवार्यजस्तै बन्दै गएको छ । प्रायः खानाको रूपमा खाइने दाल, भात, तरकारीको स्वाद अचारबिना अपुरो नै हुन्छ । जिव्रोलाई ट्वाक्क बनाउने अचार आजभोलि आम्दानीको स्रोतपनि बन्दै गएको छ । बेरोजगार बनेर घरमै बसिरहनुभएकी मध्यनेपाल नगरपालिका –५ पराजुलीबेंसीकी शोभा रानामगरले सुरु गर्नुभएको अचार उद्योगले उहाँलाई मात्र होइन, परिवारका […]
काठमाडौँ, मङ्सिर २७ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो […]
काठमाडौँ, मङ्सिर २७ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६९ […]
लेखनाथ, मङ्सिर २५ गते । वर्षैभरी विभिन्न महोत्सव हुने पर्यटन राजधानी पोखरामा आगामी शुक्रबार पृथक प्रकारको महोत्सव हुँदै छ । पोखरा–१६ मा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य महेन्द्रगुफा परिसरमा महोत्सव हुन लागेको हो । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा, पोखरा महानगरपालिका वडा नम्बर १६ र वडास्तरीय कृषि सञ्जाल पोखरा १६ को आयोजनामा मौरीपालनलाई प्रवर्धन गर्दै पर्यटनलाई […]
काठमाडौँ, मङ्सिर २४ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ५१ पैसा र बिक्रीदर १४४ रुपियाँ ११ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ ०५ पैसा र बिक्रीदर १६७ रुपियाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
महेन्द्रनगर, मङ्सिर २२ गते । एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक रु. एक लाख ५० हजार आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उहाँ एक वर्षमै स्वदेश फर्किनुभयाे । “एजेण्टले भने अनुसार तलब नदिएपछि वर्ष दिनमै घर फर्किए ।” रानाले भन्नुभयो, […]
नेपालगन्ज, मङ्सिर २१ गते। अर्थमन्त्री रामेश्वर खनालले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न गठन गरिएको अन्तरिम सरकारले देशको आर्थिक अवस्था सुधारका लागि निरन्तर काम गरिरहेको बताउनु भएको छ। नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले निश्चित समय र कार्यका लागि बनेको सरकारले छोटो समयमै आर्थिक सुधारका धेरै काम गर्ने बताउनुभयो। […]