काठमाडौं,जेठ १ गते। व्यस्त शहरी परिवेशभित्र अवस्थित गुह्येश्वरी माध्यमिक विद्यालय अहिले सामुदायिक विद्यालयको भीडमा एउटा आशा, भरोसा र गुणस्तरीय शिक्षाको प्रतीक बनेर उभिएको छ। जहाँ कतिपय सरकारी विद्यालय विद्यार्थी अभावले कक्षाकोठा सुनसान बन्ने चिन्तामा छन्, त्यहीँ यो विद्यालयमा भर्ना हुन प्रवेश परीक्षा दिनुपर्ने अवस्था सिर्जना हुनु आफैंमा एउटा उल्लेखनीय उपलब्धि हो। यस वर्षको SEE परीक्षामा […]
दाङ, जेठ १ गते । मादलको तालसँगै गोलबद्ध भएर गीत गाउँदै नाचिरहेका महिला र पुरुषको समूहले तुलसीपुरको कार्यक्रमस्थल एकाएक दसैँमय बनायो । राधा र कान्हाको प्रतीकात्मक भूमिकामा सजिएका थारू महिला तथा पुरुषले सख्या ‘पैयाँनाच’ प्रस्तुत गरेपछि उपस्थित दर्शक मात्रै होइन, अतिथि पनि मन्त्रमुग्ध बने । मटावाँ–बरघर–भलमनसाको अन्तरप्रदेशीय अनुभव आदानप्रदान कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१०, गोलौरीगाउँका कलाकारले प्रस्तुत […]
काठमाडौँ, जेठ १ गते । वाणिज्य बैङ्कले जेठका लागि निक्षेपको ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिएका छन् । बैङ्कले जेठका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै निक्षेपको दर थप घटाएका हुन् । उच्च तरलता र कर्जा प्रवाहको सुस्त आर्थिक अवस्थाका कारण बैङ्कले निरन्तर रूपमा ब्याजदर घटाउँदै आएका छन् । जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम […]
काठमाडौँ, जेठ १ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोष र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थबिच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता तथा उनीहरूका परिवारलाई सहज र गुणस्तरीय स्वास्थ्यसेवा उपलब्ध गराउने उद्देश्यले बिहीबार कोष र उक्त स्वास्थ्य संस्थाबिच सम्झौता भएको हो । सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट […]
सोलुखुम्बु, जेठ १ गते । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो निर्माण सम्पन्न भएको छ । वसन्तयामको सगरमाथा आरोहणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आयोजनामा आठ जना आइसफल डाक्टरको टोलीले सगरमाथा आधार शिविरबाट क्याम्प–२ सम्म निर्माण गरेपछि त्यसभन्दा माथि एक्सपिडिसन अपरेटर एसोसिएसन अफ नेपालले चुचुरोसम्मको बाटो तयार गरेको हो । दोस्रो शिविरभन्दा माथि डोरी […]
काठमाडौँ, जेठ १ गते । सरकारले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट चयन गर्ने भएको छ । नयाँ नियुक्तिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गर्नुभएको छ । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन […]
ललितपुर, जेठ १ गते । नेपाली कांग्रेसको अनुशासन समिति पुनर्गठन भएको छ । सभापति गगनकुमार थापाले पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङको एवं संयोजकत्वमा रहेको समितिलाई पुनर्गठन गर्नुभएको हो । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्ण्प्रसाद दुलालका अनुसार समिति सदस्यमा केन्द्रीय सदस्यत्रय धना खतिवडा, रमेशप्रसाद धमला र बजरङ्ग नेपाली चयन हुनुभएको छ ।
काठमाडौँ, जेठ १ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ९३ पैसा र बिक्रीदर १५३ रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७९ रुपियाँ र बिक्रीदर १७९ रुपियाँ ७१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]
काठमाडौँ,जेठ १ गते । प्रमुख प्रतिपक्षसहितका प्रतिपक्षी दलको अवरोध र बहिष्कारबिच प्रतिनिधि सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । प्रस्ताव निर्णयार्थ पेसका क्रममा प्रतिपक्षी दल अनुपस्थित रहेपछि नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री वालेन्द्र शाहले दिनुपर्ने मागसहित विपक्षी दलले बैठक अवरुद्ध र बहिष्कार […]
काठमाडौँ, जेठ १ गते । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भेगमा आंशिक बदली भएको छ । बागमती र गण्डकी […]