कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने

लेखनाथ, माघ ८ गते।   फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी देशैभर भइरहेको छ।  यसै क्रममा कास्कीमा चुनावी आचारसंहिता पालनमा कठाइ गर्न थालिएको छ।  प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको कास्कीका कार्यालय प्रमुखहरुको बैठकले सबै कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा कर्मचारी एवम् सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सामाजिक सञ्जालमा पूर्ण रुपले आचारसंहिता पालना गराउने निर्णय […]

कांग्रेस मुख्यसचिव पौडेलद्वारा राजीनामा

काठमाडौँ, माघ ८ गते।   नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। राष्ट्रियसभा सदस्यसमेत रहनुभएका उहाँले आज पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ। कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि पौडेलल मुख्यसचिव पदबाट राजीनामा दिनुभएको हो। तत्कालीन महामन्त्री गगनकुमार थापाको सभापतित्वमा यही माघ १ गते नयाँ कार्यसमिति सर्वसम्मत रुपमा […]

शुक्रबारदेखि मौसम बदली : कहाँकहाँ पर्छ पानी ?

काठमाडौँ, माघ  ८ गते । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी नेपालको पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यमसम्म वर्षा र हिमपात हुने जनाइएको छ । विभागका मौसमविद् डेभिट ढकालले माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु […]

तयार हुँदै दलका घोषणापत्र

काठमाडौँ, माघ ८ गते । राजनीतिक दलका नेता फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न जुटेका छन् । निर्वाचनमा जनताको मत आफ्नो पक्षमा पार्न दलका नेता पार्टी कमिटीका सुझावसहित विषयविज्ञ राखेर घोषणापत्र तयार गर्न गृहकार्यमा लागेका हुन् । भ्रष्टाचार नियन्त्रण, सुशासन, संविधान संशोधन, देशमै रोजगारीलगायत मुद्दा केन्द्रमा राखेर दलहरूले घोषणापत्र ल्याउने […]

विकासका काम नरोक्न मुख्यमन्त्रीको निर्देशन

सुर्खेत, माघ ८ गते ।  आगामी फागुन २१ गतेको निर्वाचनको बहानामा विकासनिर्माणका काममा ढिलासुस्ती नगर्न कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्देशन दिनुभएको हो । उहाँले कर्णाली प्रदेश सरकार अन्तर्गतका मन्त्रालयको बुधबारदेखि सुरु भएको अर्धवार्षिक समीक्षामा बोल्दै निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचनको बहाना बनाएर विकासनिर्माण र सेवा प्रवाहका काम नरोक्न निर्देशन दिनुभएको हो । उहाँले […]

मतदाता भेट्दै, ज्ञान बाड्दै डा.महावीर पुन

म्याग्दी, माघ ८ गते ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर म्याग्दीमा चुनाव लड्न आउनुभएका डा.महावीर पुन जिल्लाको ग्रामीण वस्तीमा पुगेका किताब बिक्री गर्दै मतदातासँग भेटघाट थाल्नुभएको छ । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो उम्मेदवार दर्ता गरेसँगै उहाँ जिल्लाको पश्चिम भेग तिर लाग्नुभएको थियो । उहाँ जिल्लाका विभिन्न गाउँ–बस्तीमा पुग्दै मतदातासँग संवाद गर्नुका साथै […]

अनुदानमा रोक लगाउने तयारी

सुर्खेत, माघ ८ गते । राष्ट्रिय सूचना आयोगले सूचनाको हक कार्यान्वयन नगर्ने सरकारी कार्यालयलाई सङ्घीय सरकारबाट प्रदान गरिने अुनदानमा रोक लगाउन अर्थ मन्त्रालयलाई आग्रह गर्ने तयारी गरेको छ । सबै कार्यालयले सूचनाको हक कार्यान्वय गर्नुपर्ने र यदि नगरेमा त्यस्ता कार्यालयलाई प्रदान गरिने अनुदानमा रोक लगाउन अर्थ मन्त्रालयलाई आग्रह गर्ने तयारी आयोगले गरेको हो । राष्ट्रिय सूचना आयोगका […]

कुखुरा बोक्ने गाडी दुर्घटनाः एकको मृत्यु, दुई घाइते

हेटौँडा, माघ ८ गते ।  हेटौँडा काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ सिमखोला पुल नजिकै कुखुरा बोकेको बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । बिहीबार बिहान १ बजेको समयमा गाडी दुर्घटना हुँदा सहचालक सर्लाही वरथवा नगरपालिका–१ बस्ने १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो । […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  माघ ७ गते ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७५, आलु रातो […]

सर्वोच्चद्वारा निर्वाचन प्रक्रिया रोक्न अस्वीकार

काठमाडौँ, माघ ७ गते । सर्वोच्च अदालतले आसन्न प्रतिनिधि सभा निर्वाचनको निर्वाचन प्रक्रिया रोक्न अस्वीकार गरेको छ । नेपाली कांग्रेसको विवादको टुङ्गो नलाग्दासम्म मनोनयन प्रक्रिया रोक्नसमेत गरिएको माग अदालतले अस्वीकार गरेको हो । अदालतको आदेशसँगै फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रक्रिया कार्यतालिका अनुसार नै अघि बढ्ने भएको छ । न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले विवादमा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल