कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक

काठमाडौं, कात्तिक १६ गते । कांग्रेस केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ। उहाँका पिता जीवनाथ खतिवडाको आइतबार साँझ ७७ वर्षको उमेरमा निधन भएको हाे । अस्पतालमा उपचारपछि उहाँ आफ्नै भाडाको कोठामा फर्कनु भएको थियो, हिँड्दै गर्दा उहाँको निधन भएको जानकारी पारिवारिक स्रोतले दिएको छ । उहाँ लामो समयदेखि अर्बुद […]

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दलको एकता सहमति : चुनाव चिह्न ‘तारा’

काठमाडौँ, कात्तिक १६ गते ।  नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दलले एकताको सहमति गरेका छन् ।  नयाँ पार्टीको प्रमुख दुई पदमा संयोजक र सहसंयोजक राख्ने भएका छन्। आगामी ६ महिनाभित्र एकता महाधिवेशन र त्यसअघि कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन गर्ने सहमतिपत्रमा उल्लेख छ । सहमति पत्रमा पार्टीको नाम भने उल्लेख गरिएको […]

प्रेस काउन्सिल नेपालद्वारा अनलाइन सञ्चार माध्यमको सूचीकरण नगर्ने सूचना जारी

काठमाडौँ, कात्तिक १६ गते। प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चार माध्यमहरूको सूचीकरण नहुने सम्बन्धमा सूचना प्रकाशित गरेको छ। २०७८ सालको “केही नेपाल ऐन संशोधन गर्न ऐन, २०७८” र “छापाखाना तथा प्रकाशन सम्बन्धी दोश्रो संशोधन नियमावली, २०७८” कार्यान्वयनमा आएपछि अनलाइन सञ्चार माध्यमको अभिमुखीकरण तथा सूचीकरणका लागि कानूनी व्यवस्था नभएकाले काउन्सिलले यस्तो सूचना सार्वजनिक गरेको हो। प्रेस काउन्सिलले […]

अनलाइन सञ्चारमाध्यम दर्ता तथा सञ्चालन अब सूचना विभागबाटै

काठमाडौँ, कात्तिक १६ गते।  अनलाइन सञ्चारमाध्यमको दर्ता तथा सञ्चालनका लागि अब विभिन्न निकाय धाउनु नपर्ने भएको छ । अनलाइन दर्ता, नवीकरण र प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि कागजात विभिन्न निकायलाई बुझाउनुपर्ने झन्झट अन्त्य भई अबदेखि एकै ठाउँमा कागजात बुझाए पुग्ने भएको हो । सूचना तथा प्रशारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणलगायतका काम सूचना तथा प्रशारण […]

जेनजी समूह र पालिकाबिच सम्झौता

लहान, कात्तिक १६ गते  । सिराहाको औरही गाउँपालिकाका जेनजी समूहले गाउँपालिकामा बुझाएको ध्यानाकार्षणपत्रमा उल्लेख भएको  माग सम्बोधन गर्न जेनजी समूह र गाउँपालिकाबिच सातबुँदे सम्झौता भएको छ । असोज २६ गते जेनजी समूह औरही गाउँपालिकाले गाउँपालिका अध्यक्ष शिवजी यादवलाई बुझाएको सातबुँदे ध्यानाकर्षणपत्रमा वार्ताका माध्यमबाट कात्तिक १४ गते  शुव्रmबार दिनभरिको घलफलपछि सम्झौता भएको हो । सम्झौतापत्रमा औरही गाउँपालिका अन्तर्गतका […]

एक महिनापछि कुमाख मेलाको फोहोर व्यवस्थापन

सल्यान, कात्तिक १६ गते ।  करिब एक महिनापछि सल्यानको प्रसिद्ध कुमाख मेलाको फोहोर व्यवस्थापन गरिएको छ । धार्मिक तथा पर्यटकीय गन्तव्य कुमाख लेक क्षेत्रमा कोजाग्रत पूर्णिमाको अवसरमा गत असोजमा २० र २१ गते मेला लागेको थियो । मेलापछि सङ्कलित फोहोर अहिले मात्र व्यवस्थापन गरिएको हो । शनिबार कुमाख गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, मेला व्यवस्थापन समिति, स्थानीय […]

शालिग्राम दर्शन गर्नेको भिड

तम्घास (गुल्मी), कात्तिक १६ गते । हरिबोधनी एकादशीका दिन कालीगण्डकी नदी स्नान गर्ने र शालिग्राम शिला दर्शन गर्नेको भिड लागेको छ । गुल्मी, स्याङ्जा र पर्वतको सङ्गमस्थल सेतीवेणीमा कालीगण्डकी नदी स्नानका साथै शालिग्राम शिलाको दर्शन गर्नेको भिड लागेको हो । एकादशीका दिन खाना नखाई कालीगण्डकी नदीमा स्नान गर्नुका साथै शालिग्राम शिलाको दर्शन गर्नाले अन्जानमा गरेका पाप नष्ट […]

घोराही खानेपानी संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन

दाङ, कार्तिक १६ गते ।  घोराही खानेपानी उपभोक्ता एवं सरसफाइ संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन भएको छ । क्यान्सरबाट पीडित डिसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा उपचार भइरहेको थियो । आइतबार उपचारकै क्रममा ८० वर्षको उमेरमा उहाँको निधन भएको हो । डिसी लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । ‘पानी बा’ को नामबाट समेत चिनिने डिसी लामो […]

मनास्लु क्षेत्रमा घाइते पर्यटकको तीन दिनपछि हेलिकोप्टरबाट उद्धार

सुलीकोट, कात्तिक १६ गते ।  मनास्लु क्षेत्र घुम्न गएका आन्तिरिक पर्यटक काठमाडौँको टोखा नगरपालिका –६ का ४४ वर्षीय मिनु ईन्द्र लम्सालको तीनपछि हेलिकोप्टारबाट उद्धार गरिएको छ । बिहीबार बिहान ११ बजे चुमनुब्री गाउँपालिका– ५ बिहिमा पैदल हिँडिरहेका बेला अचानक भीरबाट खसेको ढुङ्गाले लागेर लम्साल गम्भीर घाइते हुनुभएको थियो । लम्साललाई प्रतिकुल मौसमका कारण तीन दिनपछि […]

पन्ध्र कट्ठामा तरकारीखेती गरेर वार्षिक रु पाँच लाख आम्दानी

महेन्द्रनगर, कात्तिक १६ गते ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ कटानका रानाथारू समुदाय व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । डेढ दशकदेखि तरकारीखेतीमा संलग्न ती समुदायले तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि हरेक वर्ष खेती विस्तारमा जोड दिएका छन् । यहाँका नाथुराम रानाले डेढ दशकअघि ७५ बोट भन्टाबाट सुरु गरेको तरकारीखेती गाउँकै पहिचान बनेको छ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल