alliance khabar

मंगलबार, आषाढ ३०, २०८३

काठमाडौँ, असार ३० गते ।

 नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ७० पैसा र बिक्रीदर १५३ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ५५ पैसा र बिक्रीदर १७५ रुपियाँ २४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ४७ पैसा र बिक्रीदर २०५ रुपियाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपियाँ ६६ पैसा र बिक्रीदर १८९ रुपियाँ ४० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ र बिक्रीदर १०६ रुपियाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ९९ पैसा र बिक्रीदर १०८ रुपियाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ १९ पैसा र बिक्रीदर ११८ रुपियाँ ६६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५३ पैसा र बिक्रीदर २२ रुपियाँ ६२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ६७ पैसा र बिक्रीदर ४० रुपियाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ८८ पैसा र बिक्रीदर ४२ रुपियाँ ०५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ५७ पैसा र बिक्रीदर ४१ रुपियाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५१ पैसा र बिक्रीदर ३७ रुपियाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ २३ पैसा र बिक्रीदर १० रुपियाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ८२ पैसा र बिक्रीदर १५ रुपियाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ३५ पैसा र बिक्रीदर २३ रुपियाँ ४४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४८ पैसा र बिक्रीदर १९ रुपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपियाँ १८ पैसा र बिक्रीदर ४९८ रुपियाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपियाँ र ९९ पैसा बिक्रीदर ४०६ रुपियाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपियाँ ६० पैसा र बिक्रीदर ३९८ रुपियाँ १६ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल