alliance khabar

बुधबार, आषाढ ३१, २०८३

काठमाडौँ, असार ३१ गते ।

अब बजारमा उपभोक्ताले भरी तौल भएका ग्यास सिलिन्डर खरिद गर्न पाउने छन् । नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिन्डर (१४.२ केजी) को ग्यास बिक्री गर्ने निर्णय गरेको जनाएको छ । यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्रीवितरण गर्दै आएको थियो ।

निगमले  विज्ञप्ति जारी गरी बुधबारदेखि मुलुकभरि नै साबिककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य दुई हजार ६० रुपियाँमा बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । ७.१ केजीको ग्यास सिलिन्डर पूर्ण रूपमा प्रतिस्थापन नहुँदासम्म भने दुवै सिलिन्डरको बिक्री हुने निगमले जनाएको छ । आधा तौलको ग्यास सिलिन्डर एक हजार ३० रुपियाँ मूल्य रहेको छ ।

पश्चिम एसियाली मुलुकमा भएको युुद्धका कारणले बजारमा ग्यासको माग ह्वात्तै बढ्दै गएपछि आपूर्ति व्यवस्था सहज बनाउन निगमले आधा तौलको सिलिन्डर वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल