साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्को

काठमाडौँ, साउन ११  गते ।  यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ । बिहान ३ः०० बजेदेखि नै पपशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले राससलाई जानकारी दिनुभयो । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको उहाँले सुनाउनुभयो । यस अवसरमा […]

आज हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौँ, साउन ११ गते । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको […]

आज मिति २०८३ साउन ११ गते , 27 July 2026 साेमबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना प्रबल देखिन्छ । कार्य क्षेत्रमा धैर्य र संयमता अपनाउँदै अघि बढ्दा सफलता हासिल गर्न सकिनेछ । खर्चलाई नियन्त्रणमा राख्न सके आर्थिक सन्तुलन कायम रहनेछ । सामाजिक तथा परोपकारी कार्यमा सक्रियता बढ्दा प्रतिष्ठा र मान सम्मानमा वृद्धि हुने संकेत देखिन्छ । […]

घरमै राहदानी सेवा प्रभावकारी

सिन्धुलीमाढी, साउन १०  गते   ।  सरकारले शासकीय सुधार कार्यक्रम अन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पु-याउने सेवा सिन्धुलीमा प्रभावकारी बन्दै गएको छ । सेवा सुरु भएको करिब दुई महिनामै जिल्लाका १८२ जनाले घरमै राहदानी प्राप्त गरेका छन् । सेवाग्राहीलाई राहदानी लिन सदरमुकाम आउनुपर्ने झन्झट हटाउन जिल्ला प्रशासन कार्यालय सिन्धुली र जिल्ला हुलाक कार्यालयबिच २०८३ वैशाख […]

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ, साउन १० गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न आग्रह गर्नुभएको छ । अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग शनिबार भएको ‘भर्चुअल’ छलफलमा उहाँले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन आग्रह  गर्नुभएको मन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ । प्रवासी नेपाली मुलुकका सद्भावनादूत […]

बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन १० गते । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि […]

आज मिति २०८३ साउन १० गते , 26 July 2026 आइतबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा नयाँ जिम्मेवारी थपिन सक्छ । आर्थिक पक्ष सामान्य रहनेछ तर अनावश्यक खर्च नियन्त्रण गर्नु राम्रो हुनेछ । परिवारको साथले मनोबल बढ्नेछ । स्वास्थ्यमा टाउको दुखाइ वा थकानको समस्या देखिन सक्ने भएकाले आराममा ध्यान दिनुहोस् । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, […]

पहिरो हटाइएपछि कर्णाली राजमार्ग सञ्चालनमा

कालीकोट, साउन ९ गते ।  कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गोगने खोलामा अविरल वर्षापछि खसेको ढुङ्गा, माटो र लेदोयुक्त पहिरो हटाइएपछि कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। गएराति करिब ८ बजेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको राजमार्ग सडक डिभिजन कार्यालयको डोजर प्रयोग गरी पहिरो पन्छाएपछि दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएका हुन्। राजमार्ग अवरुद्ध हुँदा यात्रुवाहक तथा […]

फ्रान्स-स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित

लेज-क्याप-फेरेट, साउन ९ गते ।  फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण एक लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । तीव्र हावा र लामो खडेरीका कारण डढेलो तीव्ररूपमा फैलिँदा दुवै देशले युरोपेली सङ्घ (इयू)सँग सहयोग मागेका छन् । फ्रान्सको दक्षिणपश्चिमी बोर्डो क्षेत्र र स्पेनको राजधानी म्याड्रिड आसपासका क्षेत्रमा डढेलोले व्यापक क्षति पुर्याएको […]

निःशुल्क भिसा र टिकट पुनरवलोकन हुने

काठमाडौँ, साउन ९ गते ।  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागु गर्ने बताउनुभएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) द्वारा शुक्रबार आयोजित पाँचौँ नेपाल फोरम अन माइग्रेसन एन्ड डेभलपमेन्टसम्बन्धी सम्मेलनमा मन्त्री यादवले सो कुरा बताउनुभएको हो । उहाँले सरकार २०७२ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ