alliance khabar

शनिबार, साउन ०९, २०८३

लेज-क्याप-फेरेट, साउन ९ गते ।

 फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण एक लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । तीव्र हावा र लामो खडेरीका कारण डढेलो तीव्ररूपमा फैलिँदा दुवै देशले युरोपेली सङ्घ (इयू)सँग सहयोग मागेका छन् ।

फ्रान्सको दक्षिणपश्चिमी बोर्डो क्षेत्र र स्पेनको राजधानी म्याड्रिड आसपासका क्षेत्रमा डढेलोले व्यापक क्षति पुर्याएको छ । फ्रान्समा करिब एक लाख ४१ हजार तथा म्याड्रिड क्षेत्रमा करिब २५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीले जनाएका छन् । विस्थापित मध्ये एक हजार २०० भन्दा बढी वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्ति रहेका छन् ।

बोर्डोको दक्षिणस्थित पर्यटकीय क्याप फेरेट प्रायद्वीपबाट मात्र करिब ४४ हजार मानिसलाई उद्धार गरिएको छ । आगोका कारण त्यहाँ ५० भन्दा बढी घर नष्ट भएका छन् । डुङ्गा र सवारी साधनमार्फत् स्थानीय बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा पुर्याइएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले डढेलो नियन्त्रणका लागि युरोपेली सङ्घसँग सहयोग माग्दै सेनालाई परिचालन गर्न निर्देशन दिनुभएको छ । फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले यो देशले अहिलेसम्मकै सबैभन्दा भीषण डढेलोको सामना गरिरहेको बताउनुभयो । स्पेनमा म्याड्रिड क्षेत्रीय आपतकालीन व्यवस्थापन प्रमुख कार्लोस नोभिलोले राजधानी आसपासको डढेलो अग्निनियन्त्रकको नियन्त्रण क्षमताभन्दा बाहिर पुगेको बताउनुभएको छ ।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम तय गरिएको छ । फ्रान्सले डढेलो नियन्त्रणका लागि करिब एक हजार सैनिक परिचालन गरेको छ । साथै, धुवाँबाट प्रभावित क्षेत्रका बासिन्दा र उद्धारकर्मीका लागि १५ लाख वटा एफएफपी-२ मास्क वितरण गरिने जनाइएको छ ।

क्याप फेरेट क्षेत्रमा आगो नियन्त्रणमा खटिएका करिब एक हजार अग्निनियन्त्रक मध्ये ४० जना घाइते भएका छन् । यसै साता फ्रान्स र इटालीमा डढेलो नियन्त्रणका क्रममा तीन अग्निनियन्त्रकको मृत्यु भएको अधिकारीले बताएका छन् । युरोपेली आयोगले सहयोग स्वरूप फ्रान्सका लागि तीन र स्पेनका लागि चार वटा पानी बोक्ने अग्नि नियन्त्रण विमान परिचालन गरेको जनाएको छ ।

अधिकारीका अनुसार फ्रान्समा हालसम्म १३ हजार ५०० हेक्टरभन्दा बढी र म्याड्रिड क्षेत्रमा करिब छ हजार हेक्टर वन तथा जमिन डढेलोले नष्ट गरिसकेको छ । ग्वाडालाजारा क्षेत्रमा फैलिएको अर्को डढेलोले ३२ हजार हेक्टरभन्दा बढी क्षेत्र जलेको छ । वैज्ञानिकले मानव गतिविधिका कारण भएको जलवायु परिवर्तनले खडेरी र अत्यधिक गर्मी बढाएकाले युरोपमा डढेलोको जोखिम झन् तीव्र बन्दै गएको बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ