alliance khabar

आइतबार, साउन १०, २०८३

काठमाडौँ, साउन १० गते ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न आग्रह गर्नुभएको छ ।

अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग शनिबार भएको ‘भर्चुअल’ छलफलमा उहाँले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन आग्रह  गर्नुभएको मन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ ।

प्रवासी नेपाली मुलुकका सद्भावनादूत भएकाले मातृभूमिप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्न प्रोत्साहन गर्दै अर्थमन्त्रीले देशको आर्थिक विकासका वर्तमान सरकार लागिपरेकाले त्यसमा प्रवासमा रहेकाहरूको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर, राजस्वलगायत उद्योगमैत्री नीति कार्यान्वयन गरिएकाले ढुक्क भएर लगानी गर्न उहाँले आग्रह गर्नुभयो । लगानीको प्रतिफल पनि सहज रूपमा फिर्ता लैजान सकिने अर्थमन्त्रीले स्पष्ट गर्नुभयो ।

अर्थमन्त्रीले भन्नुभयो, “हामीले सरकारका तर्फबाट एनआरएनए बन्ड, अफसोर बन्ड, वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणा अघि सारेको नेपालमा तपाईंहरूको लगानी विस्तारका लागि हो ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ