मियामी, असार ३० गते । विश्वकप फुटबल–२०२६ मा इङ्ग्ल्यान्डसँगको क्वाटरफाइनलमा पराजित भएपछि नर्वेसँगै इर्लिङ हालान्डको यात्रा पनि समाप्त भएको छ । यस हारसँगै हालान्ड गोल्डेन बुटको दौडबाट पनि बाहिरिनुभयो । यस विश्वकपमा सात गोल गरेर हालान्ड सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहनुभएको छ । उहाँभन्दा अगाडि फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनेल मेसी मात्र हुनुहुन्छ […]
न्युयोर्क, असार ३० गते । यस विश्वकपको एउटा विशेषता हो, ४८ टिमको सहभागिता । यो अहिलेसम्मको विस्तारित विश्वकप हो । सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकपमा १३ राष्ट्रले भाग लिएका थिए । दोस्रो विश्वकपमा तीन टिम थपेर १६ राष्ट्रले खेलेका थिए । त्यसपछि सन् १९८२ मा भएको विश्वकपमा विश्वकप खेल्ने राष्ट्रको सङ्ख्या २४ पु¥याइयो […]
काठमाडौँ, असार ३० गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ७० पैसा र बिक्रीदर १५३ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ५५ पैसा र बिक्रीदर १७५ रुपियाँ २४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
न्युयोर्क, असार ३० गते । विश्वकप फुटबल–२०२६ मा पहिलो सेमिफाइनलमा मङ्गलबार राति फ्रान्स र स्पेनबिच हुँदै छ । यी दुई टिम यस विश्वकपमा सर्वश्रेष्ठ टिम हुन् । त्यसैले युरोपेली च्याम्पियन स्पेन र गत उपविजेता फ्रान्सबिचको खेललाई फाइनलअघिको फाइनल भनिएको छ । कप्तान किलियन एम्बापेको प्रेरणामा रहेको फ्रान्स यस विश्वकपकै सबभन्दा उत्कृष्ट फरवार्डपङ्क्ति भएको टिम हो […]
तनहुँ, असार ३० गते । लगातारको वर्षासँगै तनहुँका नदी किनार र सडकखण्ड जोखिमयुक्त बनेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबाट प्राप्त सूचनाका आधारमा जिल्लाभित्र बग्ने मर्स्याङ्दी, सेती, मादी, त्रिशूली, कालीगण्डकीलगायत साना–ठूला नदी […]
काठमाडौँ, असार ३० गते । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । […]
रसुवा, असार २९ गते । ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ । रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो । खोलाको अवस्था सामान्य रहेमा सोमबारबाट पुनः विद्युत् […]
काठमाडौँ, असार २९ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४८, आलु रातो (गोलो) प्रतिकिलो रु ४७, आलु […]
दुबई, असार २९ गते । विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप चुलिएको छ । दुवै पक्षले जलघाँटी आफ्नो नियन्त्रणमा रहेको दाबी गरिरहेका बेला पछिल्ला सैन्य आक्रमणले युद्धविराम प्रयासलाई थप कमजोर बनाएको छ । कुवेत र बहराइनसम्म फैलिएको तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको […]
काठमाडौँ, असार २८ गते । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको क्वार्टरफाइनलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गरका हुन् । यससँगै आठ वर्षपछि इङल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ । पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको नर्वे प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ३६औँ मिनेटमा एन्ड्रियास […]