alliance khabar

मंगलबार, आश्विन २०, २०८३

म्याग्दी (बेनी), असोज २० गते ।

गत हप्ता परेको अविरल वर्षासँगै आएको बाढीपहिरो र नदी कटानले क्षतिग्रस्त कालिगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड मर्मत तथा पुनर्निर्माणका लागि सोमबार ड्रोनमार्फत आवश्यक इन्धन ढुवानी गरिएको छ। मानिसले बोकेर लैजानसमेत पैदलमार्ग नभएपछि नेपाली सेनाको सहयोगमा ड्रोनमार्फत डिजेल ढुवानी गरी सडक निर्माणको कामलाई तीव्रता दिइएको हो।

असोज ११ गते कालिगण्डकी नदीमा आएको बाढीले रघुगंगा गाउँपालिका–२ कुनौटामा करिब २५० मिटर सडक कटान गरेपछि पैदल हिँड्नसमेत नमिल्ने अवस्था बनेको थियो। सडक मर्मतमा परिचालन गरिएका उपकरणका लागि आवश्यक डिजेल नेपाली सेनाको टोलीले ड्रोनमार्फत ढुवानी गरेको हो।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले मानिसले बोकेर इन्धन ढुवानी गर्न असम्भव भएकाले बेनीबाट कुनौटासम्म सवारीसाधनमा लगिएको डिजेल ग्यालिनमा राखेर ड्रोनमा झुन्ड्याई पहिरो र सडक कटान भएको स्थान पार गराइएको बताउनुभयो।

ड्रोनको सहयोगमा ४०० लिटर डिजेल पहिरो पारि पुर्‍याएर उपकरण परिचालन गरी कुनौटामा दुईतर्फबाट सडक निर्माण थालिएको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो।

बेनीस्थित नेपाली सेनाको शत्रुभञ्जन गुल्मका सेनानी राकेश बस्नेतले काठमाडौँबाट आएका प्राविधिक जनशक्ति परिचालन गरी ड्रोनबाट डिजेल ढुवानी गरिएको बताउनुभयो। उहाँका अनुसार एकपटकमा २० लिटर डिजेल ढुवानी गर्न सकिन्छ।

कुनौटालगायत बेनी–जोमसोम सडकमा पर्ने म्याग्दीका पोखरेबगर, रातोपानी, घिरच्याङ, महभीर, भिरकाटे र राहुपारे खण्डमा सडक निर्माण तथा मर्मतको काम भइरहेको छ।

तिल्केनीचौरमा कालिगण्डकी नदीले कटान गरेको स्थानमा सडकको नयाँ ट्र्याक खोलिएको छ। कालिगण्डकी नदीले बगाएको पोखरेबगर सडक पुलको पहुँचमार्ग मर्मतको कामलाई पनि तीव्रता दिइएको आयोजनाले जनाएको छ।

बेनीदेखि तातोपानीसम्मको सडक निर्माण तथा मर्मतसम्भारका लागि सडक विभाग र निर्माण कम्पनीका १५ वटा चेनवाला डोजर, १२ वटा टिपर र १५ वटा लोडरसहित १०० जनाभन्दा बढी मजदुर परिचालन गरिएको आयोजनाले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ