काठमाडौँ, असार २२ गते । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ०४ पैसा र बिक्रीदर १५२ रुपियाँ ६४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ८८ पैसा र बिक्रीदर १७४ रुपियाँ ५७ पैसा, […]
काठमाडौँ, असार २२ गते । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको […]
काठमाडौँ, असार २२ गते । सभामुख डोलप्रसाद (डिपी) अर्यालले सामुदायिक विद्यालयलाई सबै विद्यार्थी र अभिभावकको रोजाइको गन्तव्यका रूपमा विकास गर्न सरकार लागिपरेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिका–१३ स्थित पुरानो नैकापमा रहेको कङ्काली माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्यालले सामुदायिक विद्यालय सुधार अहिलेको आवश्यकता रहेको बताउनुभयो । सरकारले आगामी आव २०८३/८४ का लागि […]
काठमाडौँ, असार २१ गते । कृषि, वन तथा पर्यावरण मन्त्रालयले डिजिटल रूपान्तरण, अन्तर्राष्ट्रिय सहकार्य र किसानमुखी नीतिलाई प्राथमिकतामा राख्दै विभिन्न नीतिगत तथा संस्थागत सुधारका कार्यक्रम अघि बढाएको जनाएको छ । नयाँ सरकार गठन भएको एक सय दिन पूरा भएको अवसरमा मन्त्रालयले गरेको कार्यसम्पादनको विस्तृत प्रगति विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले कृषि तथा पशुपन्छी बिमा प्रणालीलाई थप […]
काठमाडौँ, असार २१ गते । विगत ३५ वर्षमा नेपालमा भएका तीन वटा अस्वाभाविक कर्जा विस्तार (क्रेडिट बुम) ले आर्थिक वृद्धि दिगो बनाउन नसकेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको कार्यपत्र ‘एन एनाटोमी अफ नेपाल्स क्रेडिट बुम : १९९०–२०२५’ का अनुसार क्रेडिट बुमले वित्तीय अस्थिरता, बाह्य क्षेत्र सङ्कट, सम्पत्ति मूल्यको अस्वाभाविक वृद्धि र […]
काठमाडौँ, असार २१ गते । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी […]
मियामी, असार २१ गते । विश्वकप फुटबल २०२६ मा केभ भेर्डेविरुद्ध गोल गरेर अर्जेन्टिनाका लियोनेल मेसीले लगातार आठ विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमान राख्नुभएको छ । पछिल्ला आठ विश्वकपमा मेसीले कुल १२ गोल गर्नुभएको छ । नवप्रवेशी केप भेर्डेविरुद्ध खेलको २९ औँ मिनेटमा मेसीले गोल गर्नुभयो । जुन विश्वकपका सर्वाधिक गोलकर्ता मेसीको २० औँ गोल भएको छ । विश्वकपका […]
मकवानपुर, असार २१ गते । बागमती प्रदेश सभाबाट बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको शनिबार बसेको बैठकबाट बजेट पारित भएसँगै प्रदेश सरकारलाई आव २०८३/८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट आगामी साउन १ गतेदेखि खर्च गर्ने बाटो खुलेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री […]
काभ्रेपलाञ्चोक, असार १९ गते । यहाँको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा ६० वर्षमाथि र ७० वर्षमुनिका नागरिक, दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँसभाको अधिवेशनले वार्षिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था उल्लेख गरेपछि बजेटसमेत सुनिश्चित भएको हो । अध्यक्ष दिनेश लामाद्वारा प्रस्तुत नीति […]
काठमाडौँ, असार १९ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४१, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु […]