म्याग्दी, पुस २० गते । मङ्गला गाउँपालिका–२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् । ताराखेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मङ्गला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा शनिबारदेखि सडकबत्ती बालेर रातको समयमा उज्यालो बनाउन थालेका हुन् । तिहारमा देउसीभैलो खेलेर जुटाएको रु ३५ हजारसहित रु ७० हजारको लागतमा १५ […]
काठमाडौँ, पुस २० गते । सरकारले भन्सार कार्यालयमा सुरु गरेको कारोबार मूल्यको आधारमा गरिने भन्सार मूल्याङ्कन प्रणालीले वैध व्यापार बढ्ने र यसले वस्तुको मूल्य घटाउनेसम्मको प्रभाव पार्ने देखिएको छ । अर्कोतिर भन्सार प्रक्रिया पारदर्शी बन्ने र राज्यले प्राप्त गर्ने राजस्व सङ्कलन पनि बढ्ने अपेक्षा गरिएको छ । भन्सार कार्यालयले राख्ने सन्दर्भ पुस्तिकाका आधारमा वस्तुको मूल्याङ्कन […]
राजविराज, पुस २० गते । राजविराज नगरपालिका–६ खर्साल टोलमा शनिबार राति आगलागी भएको छ । स्थानीय जगदेव यादवको गोठघरमा अचानक आगलागी हुँदा गोठघर तथा परालको कुन्यु जलेर आगलागी हुँदा करिब एक लाख रुपियाँ बराबरको क्षति भएको छ । त्यसैगरी, सोही स्थानका किसनदेव यादवको परालको कुन्यु दुई वटा जलेर अनुमानित ४० हजार रुपियाँ बराबरको क्षति भएको […]
बागलुङ (गलकोट), पुस २० गते । धौलागिरी प्रादेशिक अस्पतालले आफ्नो विशेष नवजात हेरचाह एकाइ एसएनसियुलाई नियोनाटल इन्टेन्सिभ केयर एकाइ एनआइसियुमा सफलतापूर्वक स्तरोन्नत गरेपछि ऐतिहासिक उपलब्धी हासिल गरेको छ । यसरी स्तरोन्नत भएको एनआइसियुमा गम्भीर अवस्थामा जन्मिएको नवजात शिशुको सफल उपचार गरी जीवन रक्षा गरिएको छ । यो सफल उपचार अस्पतालका प्रसूति तथा स्त्रीरोग विभागको एक […]
जाजरकोट, पुस २० गते । जाजरकोटमा ज्येष्ठ नागरिक, अशक्त, एकल महिलालाई फाइवर सिरक वितरण गरिएको छ । सदरमुकाम खलङ्गास्थित भेरी नगरपालिका–३ वृद्धाश्रममा मानविय परोपकारी संस्था काठमाडौँले वृद्धवृद्धालाई चिसोबाट जोगाउन फाइवर सिरक वितरण गरिएको हो । भूकम्पले घर भत्किएपछि अस्थायी आवासम बसेका वृद्धवृद्धा, अशक्त, एकल महिलालाई चिसोबाट जोगाउन फाइवर सिरक वितरण गरिएको छ । न्यानो आवास […]
काठमाडौँ, पुस २० गते । आइतबार देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागका साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाद्वारा […]
काठमाडौँ, पुस १७ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिनुभएको छ। १३औँ राष्ट्रिय पोसाक दिवस तथा अन्तरराष्ट्रिय टोपी दिवस–२०८२ को अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले राष्ट्रिय पहिचानको प्रवर्द्धन अभियानलाई सरकारको साथ रहने विश्वास व्यक्त गर्नुभयो । सञ्चारमन्त्री […]
हिले, पुस १७ गते । चिसो बढेसँगै धनकुटाको सहिदभूमि गाउँपालिकाले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । पालिकाले बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई ऊनको स्विटर र टोपी वितरण गरेको हो । पालिकामा रहेको ३९ विद्यालयका कुल एक हजार नौसय ३७ विद्यार्थीलाई वितरण गर्न लागिएको पालिका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो । हालसम्म २५ विद्यालयका […]
मकवानपुर, पुस १७ गते । राष्ट्रिय सभामा आगामी फागुनमा रिक्त हुने सदस्य पदका लागि माघ ११ गते निर्वाचनको तयारी तीव्र बनाइएको छ । नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम रिक्त हुन आउने राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि आगामी फागुन २० गते समाप्त हुने भएको छ । रिक्त हुने पदमध्ये एक जनाको नेपाल […]
काठमाडौँ, पुस १७ गते । गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्व गृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिनु भयो । आयोगले आज गृह […]