काठमाडौँ, मङ्सिर ७ गते । कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण—२ आसपास केन्द्रविन्दु भएर आज साँझ ५ः१९ मिनेट जाँदा चार ‘रेक्टरस्केल’को भूकम्प गएको हो । यसअघि, गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो ।
काठमाडौँ, मङ्सिर ७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतम र नेपालका लागि जापानका राजदूत महामहिम माइदा तोरुबीच आइतबार शिष्टाचार भेट भएको छ । उक्त भेटमा नेपाल–जापानबीचको स्वास्थ्य सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको मन्त्रालयले जनाएको छ। भेटका क्रममा मन्त्री डा.गौतमले दुई देशबीचको स्वास्थ्य क्षेत्रमा रहेको द्धिपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा गहन […]
फिदिम, मङ्सिर ७ गते। नेकपा (एमाले)को आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि जान पाँचथर जिल्लाबाट ३२ जनाको उम्मेद्वारी दर्ता भएको छ। एमाले पाँचथरले गठन गरेको निर्वाचन समितिमा आइबार उम्मेद्वारी दर्ता भएको हो। जिल्लाबाट खुलामा चार, महिलामा दुई, दलितमा एक र युवामा एक गरेर आठ जना प्रतिनिधि चयन हुने निर्वाचन अधिकृत जयप्रसाद केरुङले जानकारी दिनुभयो। जसमा […]
काठमाडौँ, मङ्सिर ७ गते। सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। आज न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आदेश जारी गर्दै प्रसाईंलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको हो। अदालतको आदेशमा अभिव्यक्तिका […]
लमजुङ, मङ्सिर ७ गते । लमजुङका यातायात व्यवसायीले तोकिएको भाडादर कायम गर्न प्रतिबद्धता जनाएका छन् । उनीहरू जिल्ला प्रशासन कार्यालय पुगेर तोकिएको भाडादर मात्र लिन प्रतिबद्धता जनाएका हुन् । सर्वसाधारणबाट मनपरी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायीलाई ७२ घन्टे स्पष्टीकरण सोधेको थियो । यातायात व्यवसायीका प्रतिनिधि प्रशासनमा आफैँ उपस्थित भएर तोकिएको भाडादर कायम गर्ने प्रतिबद्धता […]
महोत्तरी, मङ्सिर ७ गते । मधेशको प्राचीन मिथिला क्षेत्रमा मनाइने साताव्यापी रामजानकी विवाह महोत्सव सुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी थालिएको छ । जनकपुरधाममा साताव्यापी महोत्सव बिहीबार सुरु भएसँगै विवाहपञ्चमीको एक दिनअघि गरिने ‘मटकोर’ विधिको तयारी मटिहानीस्थित लक्ष्मीनारायण मठले थालेको हो । यसपालि मङ्सिर शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी आउने मङ्गलबार परेको छभने ‘मटकोर’ एक […]
म्याग्दी, मङ्सिर ७ गते । प्रदेश सरकारले समयमा चिकित्सकका व्यवस्थापनमा ध्यान नदिँदा जिल्ला सदरमुकाममा रहेको प्रादेशिक अस्पताल बेनीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ नहुँदा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । अस्पतालको तथ्याङ्कअनुसार वार्षिक एक सय २० देखि एक सय ५० गर्भवतीले शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिँदै आएका छन् । यसबाट म्याग्दी ,मुस्ताङ सहित पर्वतको […]
नेपालगन्ज, मङ्सिर ७ गते । बाँकेका प्रमुख निजी अस्पतालहरूबाट आमा सुरक्षा कार्यक्रम हटाइएपछि अहिले नेपालगन्जस्थित भेरी अस्पतालमा प्रसूतिका लागि आउने महिलाको चाप बढ्दै गएको छ । नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पताल र नेपालगन्जमा हालै मात्र सञ्चालनमा आएको सञ्जीवनी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूतिका लागि आउनेको चाप अत्यधिक बढेको हो । आमा सुरक्षा […]
तनहुँ, मङ्सिर ७ गते । तनहुँको ऐतिहासिक तथा सांस्कृतिक पहाडी बस्ती बन्दीपुरले भ्रमण वर्षलाई लक्षित गर्दै आठ लाख पर्यटकलाई आकर्षित गर्ने लक्ष्य सार्वजनिक गरेको छ । हालसम्म पाँच लाखभन्दा बढी पर्यटकले बन्दीपुर क्षेत्र अवलोकन गरिसकेका बेला मङ्सिर १० देखि २१ गतेसम्म आयोजना हुने छैटौं बन्दीपुर महोत्सवले पर्यटन प्रबद्र्धनमा थप टेवा पु¥याउने अपेक्षा गरिएको हो । […]
गुलरिया (बर्दिया), मङ्सिर ७ गते । जिल्ला निर्वाचन कार्यालय बर्दियामा नयाँ मतदाता थपिने क्रम जारी रहेको छ । जिल्लामा हालसम्म दुई हजार ४०८ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । हाल जिल्लामा थपिएका मतदाता अधिकांश युवापुस्ताका रहेका छन् । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रबाट सिधै मतदाता नामावलीमा दर्ता गर्न सकिने व्यवस्था गरेपछि आवेदन दिनेको सङ्ख्या बढेर पाँच हजार […]