
लहान, वैशाख ८ गते । लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम निर्माणकार्य सुरु भएको छ। लहानको मुख्य बजारदेखि करिब आठ किलोमिटर उत्तर–पश्चिम, धार्मिक पर्यटकीय स्थल मानिकदह जाने बाटोमा सरे खोलाको दक्षिणी किनारमा रहेको १० कठ्ठा जग्गामा सोमबार धार्मिक विधिपूर्वक भूमिपूजा गरी निर्माणकार्य सुरु गरिएको हो। वृद्धाश्रम निर्माणस्थलको करिब तीन सय मिटर पश्चिमतर्फ कृष्ण मन्दिर निर्माणकार्य पनि […]
दाङ, वैशाख ८ गते । तुलसीपुर उपमहानगरपालिका–११, सुकौराकोटस्थित थारू राजा दंगीशरण दरबार क्षेत्रमा जारी उत्खननका क्रममा फेला परेका पुरातात्त्विक सामग्री सार्वजनिक गरिएको छ। थारू राजा दंगीशरण सुकौरा दरबार सभ्यता कोष समितिको पहलमा उत्खननबाट प्राप्त सामग्री सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएका सामग्रीमा लिच्छविकालीन इट्टादेखि थारू समुदायले पूजापाठमा प्रयोग गर्ने माटोका घोडाका आकृति, महिलाले लगाउने चुरा, धनुषका […]
काठमाडौँ, वैशाख ८ गते । चलचित्र ‘काजी’ को प्रदर्शन मिति घोषणासँगै टिजर सार्वजनिक गरिएको छ । अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको चलचित्र मायाप्रेममा आधारित छ । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रमा केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकीलगायतको अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र लक्ष्मण रिजालले निर्देशन गर्नुभएको […]
काठमाडौँ, वैशाख ८ गते । कथाकार नारायण तिवारीको नयाँ कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । काठमाडौँमा शिखा बुक्सद्वारा आयोजित कार्यक्रममा प्राडा दयाराम श्रेष्ठ, आख्यानकार नारायण ढकाल, कवि श्यामललगायतले कथाकृति सार्वजनिक गर्नुभयो । कार्यक्रममा प्राडा श्रेष्ठले कथा लेखनका दुई पक्ष प्राविधिक र ऐतिहासिकमध्ये प्राविधिक पक्षमा नभई ऐतिहासिक पक्षमा बोल्ने बताउँदै तिवारीका […]
कास्की, वैशाख ८ गते । कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक/गायिका गरी तिनै पक्षको नाम भन्नुपर्ने माग सरोकारवालाले गरेका छन् । गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीत/सङ्गीतमा रचनाकार, सङ्गीतकार र गायक/गायिकाको भूमिका’ विषयक अन्तर्क्रियामा सो कुरामा जोड दिइएको हो । प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले साङ्गीतिक संस्थाका प्रतिनिधि, गायक/गायिका, सङ्गीतकार र गीतकारसँग छलफल […]
काठमाडौँ, वैशाख ८ गते । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका देशमा जाने श्रमिकका लागि नयाँ र पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ । यसअघि पश्चिम एसियाका देशमा कार्यरत रहेकै बेला बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गरेको विभागले सोमबारदेखि भने नयाँ जानेको हकमा पनि श्रम स्वीकृति दिने निर्णय गरेको हो […]
झापा, वैशाख ८ गते । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ । भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी […]
काठमाडौँ, वैशाख ८ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ७१ पैसा र बिक्रीदर १४९ रुपियाँ ३१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ आठ पैसा र बिक्रीदर १७५ रुपियाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]
काठमाडौँ, वैशाख ८ गते । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारी तीव्र बनाएको छ । यस क्रममा सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवबिच सोमबार बजेट तयारीसम्बन्धी छलफल भएको छ । सबै विषयगत मन्त्रालयका मन्त्री तथा सचिवलाई अर्थ मन्त्रालयमा आमन्त्रित गरी बजेटको तयारी अवस्था, बजेट निर्माणका […]
काठमाडौँ, वैशाख ७ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ, प्रविधि र सुरक्षा सुदृढीकरणसम्बन्धी पछिल्लो प्रगति सार्वजनिक गर्दै हाल लागू गरिएको प्रणाली अन्तरराष्ट्रिय मापदण्डअनुरूप, बढी सुरक्षित र व्यावहारिक रहेको जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षण मुद्रण केन्द्रमार्फत छापिँदै आएको नयाँ स्मार्ट लाइसेन्सको प्राविधिक संरचना, सुरक्षा […]