ललितपुर, साउन १६ गते। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक चरित्रसहित नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका बताउनुभएको छ। नेपाली कांग्रेसको थारु विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘वर्तमान अवस्थामा थारु समुदायको सामाजिक, आर्थिक, राजनीतिक अवस्थाः अवसर र चुनौती’ विषयक विचार गोष्ठीमा उहाँले नेपाली कांग्रेस थारु समुदायको उत्थान र विकासका लागि […]
काठमाडौँ, साउन १६ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालय अन्तर्गत प्रकाशन गरिने बताउनु भएको छ । हुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ १४ वटा टिकटका आवरणमा टाँचा प्रदान गरेपछि मन्त्री गुरुङले यस्तो जानकारी दिनुभएको हो । हुलाक सेवा विभागले अहिलेसम्म जनक शिक्षा सामग्रीद्वारा टिकट प्रकाशन […]
बाँके, साउन १६ गते । बाँकेमा निर्माणाधीन मध्ये ३८ वटा खानेपानी आयोजना चालु आर्थिक वर्षदेखि अधुरो अवस्थामा रहने देखिएको छ । खानेपानी तथा सरसफाई कार्यालय बाँकेका वरिष्ठ अधिकृत प्रकाशजङ्ग शाहका अनुसार सङ्घीय सशर्त अनुदानबाट निर्माण भइरहेका सबै ३८ वटा आयोजनाका लागि चालु आवमा बजेट कटौती गरिएको छ । खानेपानी तथा सरसफाई कार्यालय बाँकेका वरिष्ठ अधिकृत […]
न्यूयोर्क, साउन १६ गते । नेपाल संयुक्त राष्ट्रसङ्घको प्रमुख अङ्गमध्ये एक आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा पहिलो पटक निर्वाचित भएको छ । संयुक्त राष्ट्रसङ्घका लागि न्यूयोर्कस्थित नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले बिहीबार संयुक्त राष्ट्र मुख्यालयमा आयोजित विशेष समारोहबिच औपचारिक रूपमा इकोसोकको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो । समारोहमा इकोसकका निवर्तमान अध्यक्ष तथा राष्ट्र संघका लागि […]
सर्लाही, साउन १६ गते । सर्लाहीको उत्तरवर्ती क्षेत्रस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा सर्पले टोकेर महिलाको मृत्यु भएको छ । घारिबथानकी ५० वर्षीया सीता परियारको गोमन सर्पले डसेर मृत्यु भएको हो । परियारलाई बिहीबार साँझ सुँगुरलाई चारो हाल्न जाँदा गोमन सर्पले खुट्टामा दुई पटक डसेको थियो । उहाँलाई नवलपुर सर्पदंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछि भेन्टिलेटरको सुविधा […]
नेपालगन्ज, साउन १६ गते । बाँके जिल्लाका १५ हजार घरपरिवार यस वर्ष बाढी र डुबानबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले यो वर्ष १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा रहेको अनुमान गरेर सो जोखिमलाई न्यूनीकरण गर्न पूर्व तयारी गरिएको छ । सूचना व्यवस्थापन अधिकृत ज्ञवालीका […]
पश्चिम नवलपरासी, साउन १६ गते । नवलपरासिको बर्दघाटमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट बजारमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृतक पुरुष व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ […]
मुगु, असार १५ गते। गमगढी-नाकच्चेलाग्न लोगमार्गको छायानाथ रारा नगरपालिका वडा १ को घाटखण्ड र विभिन्न ठाउँमा ढुङ्गा खसेर अवरुद्ध बनेको छ। गमगढीदेखि मुगुमकार्मारोङ गाउँपालिकाको छायालसम्मका विभिन्न ठाउँमा सोमबारदेखि पहिरो खसेर सडक अवरुद्ध हुँदा तीर्थयात्रु र स्थानीयलाई आउजाउ गर्न सास्ती भएको हो। विगत ३÷४ दिनदेखि अविरल वर्षाका कारण गमगढी नाक्चेलाग्ना सडकखण्ड हुँदै मुगुम कार्मारोङ गाउँपालिकाको केन्द्र पुलुसम्म […]
वासिङ्टन, साउन १५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने बताउनुभएको छ । साथै उहाँले नयाँदिल्लीले रुसी हतियार र ऊर्जा खरिद गर्दा अनिर्दिष्ट ‘जरिवाना’ लगाउने पनि घोषणा गर्नुभएको छ । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मममा यी उपायहरू शुक्रबारदेखि लागु हुने बताउनुभयो । साथै सोही दिन अन्य भन्सार वृद्धिहरू […]
काठमाडौँ, साउन १५ गते । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरूबिच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा समसामयिक विषय वस्तुमा छलफल हुने छ । भेटवार्तामा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, पूर्व उपप्रधानमन्त्री एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरू रहनुभएको […]