alliance khabar

बिहिबार, साउन १५, २०८२

मुगु, असार १५ गते। गमगढी-नाकच्चेलाग्न लोगमार्गको छायानाथ रारा नगरपालिका वडा १ को घाटखण्ड र विभिन्न ठाउँमा ढुङ्गा खसेर अवरुद्ध बनेको छ।  गमगढीदेखि मुगुमकार्मारोङ गाउँपालिकाको छायालसम्मका विभिन्न ठाउँमा सोमबारदेखि पहिरो खसेर सडक अवरुद्ध हुँदा तीर्थयात्रु र स्थानीयलाई आउजाउ गर्न सास्ती भएको हो।

विगत ३÷४ दिनदेखि अविरल वर्षाका कारण  गमगढी नाक्चेलाग्ना सडकखण्ड हुँदै मुगुम कार्मारोङ गाउँपालिकाको  केन्द्र पुलुसम्म आउने बाटोमा ढुङ्गा खस्ने तथा कर्णाली नदीको बहाव वढ्न गई विभिन्न स्थानमा बाटो अवरुद्ध भएर आवत जावतका लागि उच्च जोखिम रहेको तथा नदीको दुबै किनार तर्फ कडा चट्टान भएको कारण वैकल्पिक वाटो सञ्चालनको सम्भावना नरहेको हुँदा वर्षा नरोकिएसम्म तथा बाटो पूर्ण रुपमा सञ्चालन भएसम्म आवत जावत नगर्न तथा अत्यावश्यक कामका लागि यात्रा गर्नै पर्ने भएमा आवश्यक सतर्कता अपनाउन हुन भनि बिहीबार गाउँ पालिकाले सूचना जारी गरेको छ।

तीर्थ यात्रु छायाँनाथ धाम जानलाई डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका वडा नं १० का खेमन्नद रोकायाका अुनसार  गमगढी– नाकच्चेलाग्न लाोकमार्गमा पैहिरो खसेर गाडी आउजाउ नहुँदा हामी तीर्थयात्रुलाई आउजाउ गर्न सास्ती भएको छ।

यता छायानाथ रारा नगरकाका नगर प्रमुख विष्णुकुमार भामका अनुसार एकदुई दिन भित्र पहिरो पन्छाएर सडक सुचारु गर्ने उहाँले बताउनुभयो। आवतजावतका साथै स्याउ र आलु निकासीको काम प्रभावित भएको छ। तिहार बगर पिण्डदान तथा छायानाथधाम  दर्शन गर्न जाने आउने भक्तजनलाई सास्ती भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल