alliance khabar

शुक्रबार, साउन १६, २०८२

नेपालगन्ज, साउन १६ गते ।

बाँके जिल्लाका १५ हजार घरपरिवार यस वर्ष बाढी र डुबानबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले यो वर्ष १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा रहेको अनुमान गरेर सो जोखिमलाई न्यूनीकरण गर्न पूर्व तयारी गरिएको छ ।

सूचना व्यवस्थापन अधिकृत ज्ञवालीका अनुसार बाढी र डुबानबाट हुने क्षति न्यूनीकरण गर्न जिल्ला विपद व्यवस्थापन समिति र जिल्लाका आठ वटै स्थानीय तहले पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेर सोही बमोजिम काम गरिरहेका छन् ।

उता, जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मनसुन सुरु भइसकेको अवस्थामा बाढी र डुबानबाट स्थानीयलाई जोगाउन पूर्वतयारी तथा जोखिम न्यूनीकरणका सबै काम पूरा गरेर कार्यान्वयनको प्रक्रियामा रहेको बताउनुभयो ।

स्थानीय तहहरुले पनि आफ्नो कार्ययोजना तयार गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेको जनाउँदै उहाँले स्थानीयलाई सचेत पार्ने कार्यहरु तीव्र पारिएको बताउनुभयो । बाढी र डुबानको सबैभन्दा बढी जोखिममा रहेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा विशेष तयारी भइरहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

ठुलो वर्षा भएको बेला नदी र खोला किनारमा नजान, यसअघि डुबान भएका क्षेत्रहरुबाट सुरक्षित स्थानमा सर्न र बाढी पीडितका लागि स्थानीय सरकारले तयार पारेका अग्लो सेल्टरहरुमा गएर बस्न सर्वसाधारणलाई आग्रह गरिएको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले बाढी, डुबान र कटानबाट डुडुवाका केही क्षेत्रहरु धेरै वर्षदेखि अत्यधिक प्रभावित हुँदै आएकोले पालिकाले क्षति न्यूनीकरण गर्न विभिन्न तयारी गरेको बताउनुभयो । सोही प्रकारले राप्तीसोनारी र नरैनापुरका अध्यक्षहरु क्रमशः तप्त पौडेल र ईश्तियाक अहमद शाहले पनि राप्ती नदीको बाढीबाट हुँदै आएको क्षति रोक्न विभिन्न तयारी गरिएको जनाउनुभएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अनुसार यो वर्ष मनसुन, शीतलहर, लु र अन्य विपदबाट जिल्लामा २५ हजार परिवार प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ । तीमध्ये १५ हजार परिवार बाढी र डुबानबाट प्रभावित हुने भएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले हरेक वर्ष जिल्ला भरिका लागि जोखिमको पूर्वानुमान गरेर वार्षिक पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेर कार्यान्वयन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल