पश्चिम नवलपरासी, साउन १६ गते ।
नवलपरासिको बर्दघाटमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट बजारमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृतक पुरुष व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका उहाँलाई बर्दघाटमा रहेको चिसापानी अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइते भएका १२ जना मध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइतेलाई उपचारका लागि बुटवल पठाइएको छ भने बाँकी घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तले जानकारी दिनुभयो ।
अगाडि रहेको अटो रिक्शालाई बचाउने क्रममा बस अनियन्त्रित भइ विपरित लेनमा पल्टिएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।