alliance khabar

शुक्रबार, साउन १६, २०८२

सर्लाही, साउन १६ गते ।

सर्लाहीको उत्तरवर्ती क्षेत्रस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा सर्पले टोकेर महिलाको मृत्यु भएको छ । घारिबथानकी ५० वर्षीया सीता परियारको गोमन सर्पले डसेर मृत्यु भएको हो ।

परियारलाई बिहीबार साँझ सुँगुरलाई चारो हाल्न जाँदा गोमन सर्पले खुट्टामा दुई पटक डसेको थियो ।

उहाँलाई नवलपुर सर्पदंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछि भेन्टिलेटरको सुविधा रहेको जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको ईश्वरपुर नगरपालिका १२ का वडा सदस्य खेमबहादुर बुढाथोकी (दिनेश) ले बताउनुभयो । नवलपुर सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर र आइसियु चलाउन जान्ने दक्ष जनशक्ति नरहेकाले सर्पले डस्नै बित्तिकै सामान्य अवस्थामा ल्याइएका बिरामीको मात्रै उपचार सम्भव हुने गरेको छ ।

नवलपुर सर्पदंश उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवले परियारलाई विष लागेर चिन्ताजनक अवस्थामा ल्याइएकाले १० भाइल एन्टिस्नेक भेनम चढाएर जनकपुर रेफर गरिएको जानकारी दिनुभयो। महिलालाई बोली लटपटिएको र थुक्नसमेत नसक्ने अवस्थामा ल्याइएकाले यहाँ उपचार सम्भव नभएको सर्पदंश उपचार केन्द्रका इन्चार्ज यादवको भनाइ छ ।

केही समयअघि बागमती नगरपालिका–११, कर्मैयामा फर्सीको मुन्टा टिप्न जानुभएकी एक महिलालाई गोमन सर्पले डसेपछि समयमै उपचार नपाउँदा मृत्यु भएको थियो । गर्मीका कारण तराई मधेशमा विषालु सर्पको बिगबिगी बढेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल