दाङ, पुस २१ गते । लुम्बिनी सरकारले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने तथा हेरफेर गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आइतबार बसेको लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । शम्भुप्रसाद मैनालीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विनोद लामिछानेलाई पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बन्धुप्रसाद बस्तोलालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, खिमबहादुर […]
ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा यसवर्ष कोदो खेती र उत्पादन केही वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष जिल्लामा खाद्यान्न बाली कोदोको खेती र उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यहाँ यसवर्ष तीन हजार हेक्टर क्षेक्रफलमा कोदो खेती गरिएको छ । उक्त क्षेत्रफल बराबरको खेतीबाट कुल चार हजार ३२० […]
लेखनाथ, पुस २१ गते । कास्कीको लुम्ले नेपालकै सबैभन्दा बढी पानी पर्ने ठाउँ हो । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने यो स्थलले पछिल्लो समय ‘कवितागाउँ’ का रूपमा पृथक् पहिचान बनाएको छ । सुरम्य लुम्लेलाई कवि/गीतकार विनोद गौचनको अगुवाइमा ‘कवितागाउँ’ घोषणा गरिएको थियो । कवितागाउँ लुम्लेका अध्यक्ष भरत देवकोटाले यहाँ पार्क, बहुउद्देश्यीय भवन, पुस्तकालयसहितका संरचना बनाउने योजना […]
मुक्तिनाथ (मुस्ताङ), पुस २१ गते । उपल्लो मुस्ताङको भ्रमणमा फ्रान्सबाट आएका पर्यटक अधिक पुग्ने गरेको पाइएको छ । अन्नपूर्ण संरक्षण आयोजना इलाका कार्यालय ल्होमन्थाङका अनुसार सन् २०२४ र २०२५ मा उपल्लो मुस्ताङ घुम्न जाने पर्यटकमा युरोपेली मुलुक फ्रान्सका पर्यटक अधिक रहेको पाइएको हो । कार्यालयको तथ्याङ्क अनुसार सो कार्यालय अन्तर्गत पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, छुसाङ, […]
काठमाडौँ, पुस २० गते । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल एक सय ६१ किलोमिटर लामो सो प्रसारण लाइन पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न र गण्डकी करिडोरमा निर्माण भएका विद्युत् आयोजनाको बिजुली प्रवाहका लागि सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो […]
काठमाडौँ, पुस २० गते । सरकारले भन्सार कार्यालयमा सुरु गरेको कारोबार मूल्यको आधारमा गरिने भन्सार मूल्याङ्कन प्रणालीले वैध व्यापार बढ्ने र यसले वस्तुको मूल्य घटाउनेसम्मको प्रभाव पार्ने देखिएको छ । अर्कोतिर भन्सार प्रक्रिया पारदर्शी बन्ने र राज्यले प्राप्त गर्ने राजस्व सङ्कलन पनि बढ्ने अपेक्षा गरिएको छ । भन्सार कार्यालयले राख्ने सन्दर्भ पुस्तिकाका आधारमा वस्तुको मूल्याङ्कन […]
राजविराज, पुस २० गते । राजविराज नगरपालिका–६ खर्साल टोलमा शनिबार राति आगलागी भएको छ । स्थानीय जगदेव यादवको गोठघरमा अचानक आगलागी हुँदा गोठघर तथा परालको कुन्यु जलेर आगलागी हुँदा करिब एक लाख रुपियाँ बराबरको क्षति भएको छ । त्यसैगरी, सोही स्थानका किसनदेव यादवको परालको कुन्यु दुई वटा जलेर अनुमानित ४० हजार रुपियाँ बराबरको क्षति भएको […]
बागलुङ (गलकोट), पुस २० गते । धौलागिरी प्रादेशिक अस्पतालले आफ्नो विशेष नवजात हेरचाह एकाइ एसएनसियुलाई नियोनाटल इन्टेन्सिभ केयर एकाइ एनआइसियुमा सफलतापूर्वक स्तरोन्नत गरेपछि ऐतिहासिक उपलब्धी हासिल गरेको छ । यसरी स्तरोन्नत भएको एनआइसियुमा गम्भीर अवस्थामा जन्मिएको नवजात शिशुको सफल उपचार गरी जीवन रक्षा गरिएको छ । यो सफल उपचार अस्पतालका प्रसूति तथा स्त्रीरोग विभागको एक […]
जाजरकोट, पुस २० गते । जाजरकोटमा ज्येष्ठ नागरिक, अशक्त, एकल महिलालाई फाइवर सिरक वितरण गरिएको छ । सदरमुकाम खलङ्गास्थित भेरी नगरपालिका–३ वृद्धाश्रममा मानविय परोपकारी संस्था काठमाडौँले वृद्धवृद्धालाई चिसोबाट जोगाउन फाइवर सिरक वितरण गरिएको हो । भूकम्पले घर भत्किएपछि अस्थायी आवासम बसेका वृद्धवृद्धा, अशक्त, एकल महिलालाई चिसोबाट जोगाउन फाइवर सिरक वितरण गरिएको छ । न्यानो आवास […]
काठमाडौँ, पुस २० गते । आइतबार देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागका साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाद्वारा […]