मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चुनौतीका बाबजुद नसोचेका काम बन्न सक्छन् । धैर्यपूर्वक अघि बढ्ने समय छ । छर छिमेकमा केही असमझदारी बढ्ने सम्भावना रहेपनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीबाट खुसी मिल्नेछ । परिवारजन तथा आफन्त बीच आत्मीयता बढ्नेछ, तर मान्यजनसँग भने केही असमझदारी हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वैदेशिक क्षेत्रबाट लाभ लिने अवसर छ । स्थानान्तरण वा टाढाको यात्रा सम्भव छ । समय उत्साहजनक रहनेछ र नयाँ ज्ञान हासिल हुनेछ । पितृधनबाट पनि लाभ मिल्ने योग छ । दिन रमाइलो र उपलब्धिमूलक रहनेछ । व्यापार व्यवसायमा विशेष फाइदा हुने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
श्रमको उचित मूल्यांकन हुनेछ । अध्ययनमा प्रगति हुनेछ । सामाजिक जिम्मेवारी बढ्नेछ र अरूको दायित्व पनि वहन गर्नुपर्ला । प्रतिष्ठा र पदको आशा देखाउनेहरूबाट धोका हुन सक्छ । प्रयास गर्दा गोप्य कुरा पत्ता लाग्न सक्छ, तर साना घरेलु समस्यामा अल्झनु पर्ने समय पनि रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोगीहरूले कमजोरी प्रति टिप्पणी गर्न सक्छन्, सचेत रहनुहोस् । निर्णय क्षमता कमजोर हुन सक्छ र द्विविधा बढ्न सक्छ । प्रतिस्पर्धा र शत्रुको चलखेलले केही चुनौती ल्याउन सक्छ । तर व्यापार र उद्योगतर्फ फाइदाको सम्भावना छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानी बढ्नेछ र रोकिएको रकम हात लागि हुनेछ । कृषि तथा पशुपालनमा मध्यम लाभ भएपनि व्यापारमा राम्रो फाइदा हुने योग छ । गरेका कामबाट लाभ मिल्नेछ । भूमि तथा मातृधनबाट पनि फाइदा हुनेछ । विगतका कमजोरी सुधार गर्ने अवसर मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पन्न हुनेछन् । नयाँ जिम्मेवारी पाउने सम्भावना छ । धार्मिक तथा परोपकारी कार्यबाट प्रतिष्ठा मिल्नेछ । धैर्य आवश्यक छ । कृषि तथा पशुपालनबाट सामान्य लाभ मिल्नेछ, तर बौद्धिक प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य कमजोर रहनाले काममा असर पर्न सक्छ, तर जिम्मेवारी भने बढि रहनेछ । सहयोगको आशा देखाउनेहरूबाटै धोका हुन सक्छ । आम्दानी बढ्नेछ र फाइदा हुने समय छ । वैदेशिक यात्राको अवसर आउन सक्छ । लेनदेनमा विवाद हुन सक्ने भएकाले सावधानी अपनाउनुहोस् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयास गर्दा रोकिएका काम पूरा हुनेछन् । नयाँ कामको अवसर मिल्नेछ । खर्च केही बढ्न सक्छ र आलस्य बढ्ने सम्भावना छ । काममा लगानी गर्ने समय हो । माता पिताको सहयोग मिल्नेछ । कृषि तथा पशुपालनबाट लाभ मिल्नेछ, तर अरूमा भर पर्नु जोखिमपूर्ण हुन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भूमि, सवारी साधन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । परिवारको हेरचाहमा खर्च बढ्नेछ । उत्साहमा केही कमी आउन सक्छ । माता पिता र आफन्तको सहयोगले काम सफल हुनेछ । दाम्पत्य जीवन सुखद रहनेछ र आम्दानी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायिक काममा खर्च बढ्नेछ । अरूका काममा समय खर्चिनुपर्नेछ । समयमा काम पूरा नहुँदा मन खिन्न हुन सक्छ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । उद्योग व्यापारमा सामान्य लाभ हुनेछ । सहयोगीहरूले साथ नदिँदा समस्या आउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनमा राम्रो प्रगति हुनेछ । स्वास्थ्यमा कमजोरी आउन सक्छ र परिश्रम धेरै गर्नुपर्नेछ । तर अन्ततः काममा सफलता मिल्नेछ । भाग्योन्नति हुने समय छ । अप्रिय समाचारले मन खिन्न हुन सक्छ । व्यापार व्यवसायमा मध्यम परिणाम आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विभिन्न अवसर प्राप्त हुनेछन्, तर समयमै काम नसक्दा केही अवसर गुम्न सक्छन् । काममा चुनौती आएपनि समयको सदुपयोग गर्न सकिनेछ । धेरैले सहयोग गर्नेछन् । अप्रत्याशित लाभ मिल्नेछ । सम्मान प्राप्त हुनेछ र प्रेम सम्बन्ध अझ बलियो बन्नेछ ।