बर्दीबास, माघ २७ गते । महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले चालु क्रसिङ सिजन २०८२/८३ का लागि उखु किसानलाई भुक्तानी दिन सुरु गरेको छ। मिलले उखु खरिद गरेको सात दिनभित्रै भुक्तानी दिने नीतिअनुसार किसानको खातामा प्रतिक्विन्टल ६२० रुपियाँका दरले रकम जम्मा गर्न थालेको हो। गत वर्ष (२०८१/८२) को तुलनामा नयाँ दर प्रतिक्विन्टल २५ रुपियाँले बढी हो। […]
चितवक, माघ २७ गते । चितवन जिल्लाको भरतपुर महानगरपालिका–२ पुलचोकस्थित नारायणी नदिमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही जिल्लाको भरतपुर महानगरपालिका–२० बस्ने २० वर्षीया सविना परियार नारायणी पुलबाट सो नदिनमा हाम फाल्नुभएको थियो । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट पुलचोकबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोलेको कमाण्डमा […]
हुम्ला, माघ २७ गते । सामान्यतया चैत–वैशाख महिनामा फुल्ने लालीगुराँस यस वर्ष भने माघमै फुलेको छ। मौसममा आएको परिवर्तनसँगै तापक्रम वृद्धि भएपछि लालीगुराँस माघ महिनामै फुलेको हो। ताँजाकोट गाउँपालिका–३ मासपुरका आइते बुढाले यतिबेला वनमा लालीगुराँस फुलेर जंगल राताम्मे देखिने गरेको बताउनुभयो। अन्य वर्ष चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष भने माघमै फुलेको उहाँको भनाइ छ। मासपुर […]
ढल्केबर, माघ २७ गते । धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ । मस्तिष्क घातका कारण उहाँको निधन भएको बताइएको छ । गत बिहीबार राति उहाँलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि यादवलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको थियो । काठमाडौँस्थित नर्भिक […]
मुक्तिनाथ (मुस्ताङ), माघ २७ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङको उच्च हिमाली क्षेत्रमा नियमित सुरक्षा गस्ती गरिरहेको छ । निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना अनुरूप निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका थुर्लुङ फाँट र सदरमुकाम जोमसोममा रहेको बेसबाट नियमित गस्ती गरिरहेको छ । नेपाली सेनाको इन्द्र बक्स गण […]
काठमाडौँ, माघ २७ गते । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प गएको स्थान नेपाल-भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ ।
काठमाडौँ, माघ २६ गते । नेपाली उड्डयन क्षेत्रमा थप चार वटा हेलिकोप्टर कम्पनी भित्रिने प्रक्रियामा छन् । हेलिकोप्टरको बढ्दो प्रयोग, आरोहणतर्फको आकर्षण र हवाईक्षेत्रको व्यापारमा छाएको उत्साहसँगै नयाँ चार वटा हेलिकोप्टर कम्पनी वायुसेवा सञ्चालनको अनुमति लिने प्रक्रियामा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हेली एयर नेपाल, सगरमाथा […]
लमजुङ, माघ २६ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी लमजुङमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । निर्वाचनमा मतदाताको सहभागिता बढाउने र बदर मत घटाउने उद्देश्यले जिल्लाका ७५ वटै वडामा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । आगामी फागुन ३ देखि १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि बालविकास […]
उर्लाबारी, माघ २६ गते । प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै मोरङ ६ मा चुनावी सरगर्मी बढेको छ । यहाँ साबिकका प्रतिद्वन्द्वी नेपाली कांग्रेस र नेकपा (एमाले) बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दलका १४ जना र स्वतन्त्र तीन गरी १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यद्यपि निवर्तमान सांसद एवं नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर […]
घोराही, माघ २६ गते । दाङमामा पहिलो दिन सत्र सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । पहिलो चरणको अभियानअन्तर्गत घोराही उपमहानगरसहित लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा एक हजार सात सय ७२ जना किशोरीलाई खोप लगाइएको हो । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रासँगै विद्यालय नजाने १० देखि […]