alliance khabar

आइतबार, चैत्र २९, २०८२

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यवसायिक काममा फाइदा उठेपनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा लाभ मिल्नेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुने योग छ ।

वृष  (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझाव प्रति विश्वास नलाग्न सक्छ । तर, काममा माता पिताको सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । कीर्तिमानी काम सम्पन्न हुने योग छ ।

मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, ह)

गर्दै आएको कामलाई निरन्तरता दिन सकिनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । विभिन्न सहयोग र उपहार पाइनेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागि हुने समय छ । पैतृक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । कृषि तथा पशुपालनमा कम र व्यापारमा बढी फाइदा हुने देखिन्छ ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा जाग्नेछ । तर, समयमै होश नपुग्नाले अनावश्यक खर्च मात्र हुन सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्ने भएकाले सचेत रहनुहोला । ठूलो प्रयास गर्दा पनि अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रेम र मित्रताको सम्बन्ध सुदृढ हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ । रमाइलो यात्राको अवसर पनि मिल्न सक्छ । तर, शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ । आफ्नै कमजोरीका कारण विवादमा परिने सम्भावना छ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

बन्धु बान्धव र इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रो प्रगति हुने योग छ । तर, सुरु भएको काममा रोकावट र आकस्मिक खर्च बढ्न सक्छ ।

तुला  (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आजको प्रयास निष्फल जस्तै बन्न सक्छ । काम बिग्रने भयले सताउन सक्छ । लगानी, दौडधुप र प्रयत्नको उचित मूल्य नपाइने समय छ । तर, स्वादिष्ट भोजनको आनन्द प्राप्त हुन सक्छ । पेट सम्बन्धी समस्याले स्वास्थ्य कमजोर बन्न सक्छ । सहयोगीहरूले पनि अपेक्षित साथ नदिन सक्छन् ।

वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अनुकूल समय छ । सहयोगीहरूको राम्रो साथ पाइनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । तर, आलोचना र मान सम्मानमा आघात पुग्ने सम्भावना पनि छ । फाइदा कम मात्र हुने अवस्था रहन सक्छ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यापार तथा उद्योगमा फाइदाको योग छ । यात्रामा खर्च बढ्न सक्छ । प्रतिस्पर्धा र द्वन्द्वमा सावधानी आवश्यक छ । शत्रु र प्रतिस्पर्धीलाई पराजित गर्न सकिनेछ । कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि राम्रो आम्दानीको अवसर प्राप्त हुनेछ ।

मकर  (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

असावधानीपूर्ण खानपानले स्वास्थ्य कमजोर बन्न सक्छ । पढाइ लेखाइमा समय दिन नसकिन सक्छ । व्यवसायिक काममा अपेक्षित लाभ नहुन सक्छ । तर, सामाजिक क्षेत्रमा नेतृत्व प्राप्त हुने योग छ । भूमि, वाहन र पैतृक सम्पत्तिबाट राम्रो लाभ उठाउन सकिनेछ । व्यापारमा पनि सुधार आउनेछ ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्न सक्छ, सचेत रहनुहोला । प्रयास गर्दा अवसरको फाइदा लिन सकिनेछ । तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद हुने सम्भावना छ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

काममा अवरोध आउने समय छ । सन्तान वा मातृ शक्तिको सल्लाह र सहयोगले फाइदा मिल्नेछ । आयआर्जन राम्रै हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । उपहार प्राप्त हुने योग छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल