काठमाडौँ, चैत ६ गते । पाकिस्तानी गजल गायक उस्ताद गुलाम अली, आमिर गुलाम अली र नाजिर गुलाम अलीको स्वरमा रहेको गजल ‘गजल उनकै गीत उनकै’ को भिडियो सार्वजनिक भएको छ । गजलमा मनोज खड्काको शब्द, मिलन मोक्तानको सङ्गीत रहेको छ । गजलको भिडियोमा केही दिनअघि ललितपुरमा आयोजित ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ कार्यक्रमका […]
खोटाङ, चैत ६ गते । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले मुआब्जा माग गर्दै अवरुद्ध गराएको माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिको नेतृत्वमा स्थानीयवासीले जलविद्युत् आयोजना बन्द गराएपछि केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राईको पहलमा मङ्गलबार बसेको सर्वपक्षीय भेलाले ३५ दिनभित्र जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने सहमति गरेसँगै अवरुद्ध जलविद्युत् […]
गुल्मी, चैत ६ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत रुद्रावती बहुमुखी क्याम्पस मुसिकोट नगरपालिका–७ वामीटक्सार गुल्मीमा निर्वाचन प्रक्रिया स्थगित भएको छ । मङ्गलबार बिहान ८ बजेदेखि शुरु भएको मतदान प्रक्रियामा १०७ मत खसिसकेपछि मतदानकै क्रममा अनेरास्ववियूको तर्फबाट असहमति जनाई निर्वाचन स्थगन भएको हो । अनेरास्ववियुले सबै विद्यार्थीले चुनावमा भाग लिन नआएको भन्ने गुनासो […]
काठमाडौँ, चैत ६ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड […]
काठमाडौँ, चैत ६ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका […]
हेटौँडा, चैत ६ गते । चन्द्रागिरि हिल्स प्रालिले थाहा नगरपालिका–९, चित्लाङ भन्ज्याङ हुँदै भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चेकपोइन्ट राखेर सर्वसाधारणसँग अनधिकृत रूपमा रकम लिएको पाइएपछि थाहा नगरपालिका–९ को कार्यालयले उक्त कार्य तत्काल रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन दिएको छ । मन्दिरसम्म पुग्न प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क असुली गरिरहेको पाइएपछि वडा कार्यालयले काठमाडौँमा केबुलकार सञ्चालन गर्दै […]
काठमाडौँ, चैत ४ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक १० दशमलव १४ अङ्कले घटेर दुई हजार सात सय चार दशमलव ७० को विन्दुमा कायम भएको हो । आज तीन सय ३१ कम्पनीको ९९ लाख ३५ हजार आठ सय ७२ कित्ता शेयर ५७ हजार पाँच सय ८५ पटक […]
मुगु, चैत ४ गते । सफ्टवेयर बन्द भएपछि मुगुमा राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ । परिचयपत्र विवरण दर्ता र कार्ड बितरण सम्बन्धी सफ्टवेयर बन्द भएपछि जिल्ला प्रशासन कार्यालय मुगुले सोमबारदेखि उक्त सम्पूर्ण कार्य अवरुद्ध भएको हो । सफ्टवेयरको काम अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय मुगुले सुचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेकाअनुसार सफ्टवेयर मर्मत […]
सल्यान, चैत ४ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले विगतका अलपत्र आयोजना सम्पन्न गर्नेतर्फ प्रदेश सरकार लागिपरेको बताउनुभएको छ । उहाँले सल्यान त्रिवेणी गाउँपालिकाको काभ्रामा सोमबार नयाँ मोटरेबल पुलको उद्घाटन गर्दै राज्यको लगानी भएका र अलपत्र परेका योजना सम्पन्न गर्नु पहिलो प्राथमिकता भएको बताउनुभयो । ‘हामी जनप्रतिनिधि मात्र सक्षम भएर विकासको गति अगाडि बढ्दो […]
काठमाडौँ, चैत ४ गते । काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त हुनुभएको छ । विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन जनामध्येबाट डा वाग्लेलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम आज नियुक्त गर्नुभएको हो । […]