काठमाडौँ, पुस २३ गते । भारतमा आयोजना हुने चौथो नेपाल इन्टरनेशनल क्युकोशिनकाई कराते (एफआईकेके) प्रतियोगितामा सहभागी हुन जाने नेपाली खेलाडीहरूको बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार आगामी पुस २६ र २७ गते भारतको आसाममा हुने उक्त प्रतियोगितामा भाग लिन जाने खेलाडी, प्रशिक्षक तथा निर्णायकलाई बिदाइ गरेको हो। बिदाइ कार्यक्रममा कराते केन्द्रीय संघका […]
काठमाडौँ, पुस २४ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गर्नुभएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर राप्रपा अध्यक्ष लिङ्देनले भेटवार्ता गर्नुभएको हो । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार राप्रपा अध्यक्षसहितको टोली प्रधानमन्त्रीलाई पुस २७ गते पृथ्वी जयन्तीको चियापान समारोहको निम्तो दिएको छ । भेटमा प्रधानमन्त्री कार्कीले […]
काठमाडौँ, पुस २४ गते । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एकतावद्ध गरेर अघि बढाउने विषयमा निरन्तर छलफल भइरहेको बताउनुभएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति गुरुङले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरिसकेको तथा केन्द्रीय कार्यसम्पादन समितिले नियमित महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको सन्दर्भमा दुवै विषयलाई मिलाएर लैजानेबारे छलफल […]
काठमाडौँ, पुस २४ गते । नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार रोकथामका लागि नेपाल र संयुक्त राज्य अमेरिकाबिच ऐतिहासिक द्विपक्षीय सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो । […]
काठमाडौं, पुस २४ गते । प्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच निर्वाचन केन्द्रित छलफल भएको छ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच फागुन २१ गतेको निर्वाचनलाई भयरहित र […]
कञ्चनपुर, पुस २४ गते । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा कञ्चनपुरको १२ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अमिर तिरुवा चयन हुनुभएको छ । बुधबार सम्पन्न गैरसरकारी संस्था महासंघ नेपाल, कञ्चनपुरको २४ औँ साधारण सभा तथा १२ औँ जिल्ला अधिवेशनबाट तिरुवा सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनुभएको हो । साथै उपाध्यक्षमा अञ्जु जोशी (भट्ट), सचिवमा शारदा जोशी, […]
म्याग्दी, पुस २४ गते । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका सुजन गौतमले अमेरिकाको युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिलबाट अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । सौर्यवायु र अन्तरिक्ष वातावरणसम्बन्धी गहिरो अनुसन्धान गर्दै उहाँले यो उपलब्धी हासिल गर्नुभएको हो, जसले सौर्य आँधी र अन्तरिक्ष मौसम बुझ्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । गौतमले पृथ्वीनजिक […]
मुगु, पुस २४ गते । मुगु जिल्लाको उत्तरी भेगको मुगमकार्मारोङ गाउँपालिकामा पर्ने डोल्फुको नाम्लाङखोला क्षेत्रमा रहेको प्राचीन तामाखानी अन्वेषण गरी उत्खनन गर्न पटक पटक माग गरे पनि सुनुवाइ भएको छैन । स्थानीय सरकारले सङ्घीय सरकारसँग तामाखानीको अन्वेषण तथा उत्खननका लागि पटक पटक माग गरिरहन्छ तर कुनै सुनुवाइ हुन सकेको छैन । सङ्घीयता लागु भएपछि तामाखानीले मान्यता पाउने […]
बबई (बर्दिया), पुस २४ गते । बर्दिया जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व चर्कंदै जान थालेपछि अन्तर्राष्ट्रिय जैविक मार्ग खाता कोरिडोरमा द्वन्द्व न्यूनीकरणको कामनासहित वनदेवीको पूजा गरिएको छ । मानव–वन्यजन्तु द्वन्द्वका कारण वन्यजन्तुको आक्रमणबाट मानिसले ज्यान गुमाउनु परेको भन्दै न्यूनीकरण गर्न वनदेवीको पूजा गरिएको हो । बर्दियाको नेपाल–भारत सीमासँग जोडिएको अन्तर्राष्ट्रिय कोरिडोर खातामा जम्मा भएका थारू अगुवाले वनदेवीको […]
भारदह(सप्तरी), पुस २४ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका- ३ सकरपुरामा सुविधा सम्पन्न १५ शय्याको अस्पताल भवन निर्माण भएको डेढ वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । ०७९ वैशाख २१ मा सम्झौता भई १४ करोडको लगानीमा २०८१ वैशाख १४ गते अस्पतालको भवन निर्माणको काम सम्पन्न भइसक्दा समेत अस्पताल सञ्चालनमा ल्याउन नसकेको हो । सुविधा […]