alliance khabar

बिहिबार, बैशाख ०३, २०८३

पश्चिम नवलपरासी, पैशाख ३ गते ।

 पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले भूमिहीन किसानहरूलाई व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यका साथ “करार खेती सहयोग कार्यक्रम’’ कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाले नगर क्षेत्र भित्र स्थायी रूपमा बसोबास गर्ने, तर आफ्नो स्वामित्वमा कृषियोग्य जमिन नभएका वास्तविक भूमिहीन किसानहरूलाई लक्षित गरी यो योजना ल्याएको हो ।

कार्यक्रमअन्तर्गत किसानले अरूको जग्गा भाडामा लिएर व्यावसायिक खेती गरेमा नगरपालिकाले आवश्यक प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउनेछ । नगरपालिकाले आफ्नो स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत यस कार्यक्रमका लागि आवेदन आह्वान गर्दै प्रक्रिया अगाडि बढाएको हो ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले वास्तविक किसानको जीवनस्तर उकास्न यो कार्यक्रम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “हाम्रो मुख्य उद्देश्य भनेकै कोही पनि नगरवासी जमिनको अभावमा बेरोजगार बस्नु नपरोस् भन्ने हो । करार खेतीमार्फत भूमिहीन किसानलाई जमिन र प्रविधिसँग जोडेर हामी बर्दघाटलाई कृषिमा आत्मनिर्भर बनाउन चाहन्छौँ ।’’ उहाँले नगरभित्रको बाँझो जमिनको सदुपयोग गर्दै उत्पादन बढाउन र किसानको आयआर्जन वृद्धि गर्न नगरपालिकाले सधैं सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

नगरपालिकाको कृषि विकास शाखाले दोस्रो पटक सूचना जारी गर्दै इच्छुक भूमिहीन किसानहरूलाई आगामी आवेदन दिन सूचित गरेको छ। आवेदनका लागि नागरिकताको प्रतिलिपि, बसोबास प्रमाण, वडा कार्यालयको भूमिहीन सिफारिस र वडाकै रोहबरमा गरिएको जग्गा सम्झौता (करार) पत्र अनिवार्य गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलका अनुसार, “भूमिहीन किसानलाई करार खेतीमा सहयोग कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी मापदण्ड–२०८२’’ बमोजिम यो कार्यक्रम सञ्चालन हुन लागेको हो । यसबाट एकातिर नगरभित्र रहेको बाँझो जमिनको सदुपयोग हुने र अर्कोतिर विपन्न तथा भूमिहीन किसानहरूको आयआर्जनमा सुधार भई स्वरोजगारको अवसर सिर्जना हुने विश्वास नगरपालिकाले लिएको छ ।

बर्दघाट नगरपालिकाले पछिल्लो समय कृषि क्षेत्रको आधुनिकीकरण र वास्तविक किसान पहिचान गरी उनीहरूलाई अनुदान तथा प्रोत्साहनका कार्यक्रममा समेट्ने नीतिलाई प्राथमिकता दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल