alliance khabar

बिहिबार, बैशाख ०३, २०८३

बाजुरा, वैशाख ३ गते ।

बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ को कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । जिल्लाको हिमाली, जगन्नाथ, स्वामीकार्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्थानीयलाई नागरिकता तथा जग्गालगायतको विभिन्न सरकारी कामकाज गर्न सहज हुने गरेर बुढीनन्दा नगरपालिका–२ को कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो ।  गृह मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीद्वारा कोल्टीमा इलाका प्रशासन कार्यालयको उद्घाटन गरिएको जिल्लाका प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

नागरिकता तथा जग्गाको कामकाजका लागि यहाँका बासिन्दा योभन्दा पहिला एक हजार पाँच सय भाडा तिरेर सदरमुकाम मार्तडीमा जाने गर्थे । उनीहरूलाई त्यहाँ नागरिकता बनाउन जाँदा, आउँदा, होटेलमा बस्दा २० देखि २५ हजार रुपियाँसम्म खर्च गर्नुपर्ने बाध्यता थियो ।

हिमाली गाउँपालिका २ र ३ को बिच्छ्याका स्थानीयलाई त  निकै टाढा हुने गथ्र्यो । जिल्ला प्रशासन धेरै टाढा भएकाले जिल्ला सदरमुकाम मार्तडीमा आउन/जान नसक्ने यहाँका धेरैले जग्गासम्बन्धी काम त के समयमै नागरिकतासमेत पाउने गरेका थिएनन् । जिल्ला सदरमुकाम मार्तडीदेखि कोल्टीसम्म ४२ किलोमिटर दुरी छ । त्यहाँदेखि हिमाली गाउँपालिकाको धुलाचौरसम्म १६ किलोमिटर दुरी छ । हिमालीदेखि बिच्छ्यासम्म करिब १८ किलोमिटर दुरी रहेको छ । यही कठिन अवस्थाको अन्त्य गर्नका लागि कोल्टीमा इलाका प्रशासन कार्यालयको माग हुँदै आएको थियो ।

पछिल्लो समय यहाँका जनप्रतिनिधि, स्थानीय, समाजसेवी, बुद्धिजीवी, नागरिक समाजले जिल्ला प्रशासन कार्यालय बाजुरालाई ज्ञापनपत्र बुझाएको र जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा पत्रचार गरेसँगै कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो । हिमाली गाउँपालिकाका रामबहादुर कार्कीले पहिले नागरिकता बनाउन चार दिनसम्म पैदल जानु परेको सम्झनुभयो । उहाँले भन्नुभयो, “अहिले गाडीमा पनि एक हजार पाँच सय भाडा लाग्छ । त्यहाँ बास बस्दा, खाँदा २० देखि २५ हजार रुपियाँ खर्च हुथ्यो ।” कार्कीले कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि यहाँका स्थानीयको त्यो सबै समस्या हट्ने बताउनुभयो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले हालै कोल्टीमा इलाका प्रशासन तथा मालपोत र नापी सेवा केन्द्रको पनि संयुक्त रूपमा उद्घाटन गरिएको बताउनुभयो । उहाँले भन्नभुयो, “यहाँका स्थापना गरिएका ती कार्यालयबाट बुधबारदेखि नियमित सेवा प्रवाह सुरु गरिने भएको छ ।” कार्यालयको स्वीकृत दरबन्दी छ जना रहेको भए पनि हालका लागि इलाका प्रशासन कार्यालयमा चार जना कर्मचारीबाट सेवा प्रवाह गरिने भएको छ । मालपोत र नापी सेवा केन्द्रसहित समग्र सेवा प्रवाहका लागि पनि सीमित जनशक्तिबाट काम सुरु गरिने निरौलाले बताउनभुयो ।

डोटीको बिपी नगरमा इलाका प्रशासन कार्यालय 

डोटी समाचारदाताका अनुसार डोटीको बडीकेदार गाउँपालिका–१ बिपी नगरमा इलाका प्रशासन कार्यालयको स्थापना गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले एक समारोहबिच इलाका प्रशासन कार्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटनका क्रममा बडीकेदार गाउँपालिका‑१ की सोविता बोहोरालाई नागरिकता प्रमाणपत्र प्रदान गरेर इलाका प्रशासन कार्यालय बिपी नगरको सेवा सुरु गरिएको हो ।

इलाका प्रशासन कार्यालयमार्फत सेवा दिन थालिएको डोटी जिल्लामा पहिलो पटक हो । बिपी नगरमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै डोटीका जोरायल गाउँपालिका र बडीकेदार गाउँपालिका पूरै तथा बोगटान फुड्सिल गाउँपालिका १, २ र ३ का ४२ हजारभन्दा बढी स्थानीय बासिन्दा सेवाबाट प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । कार्यालय उद्घाटन कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता काफ्लेले स्थानीय नागरिकलाई छिटो, सहज र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालयको स्थापना गरिएको स्पष्ट पार्नुभयो । इलाका प्रशासन कार्यालयको स्थापनासँगै स्थानीयस्तरमा सहज सेवा उपलब्ध हुने आशामा स्थानीय बासिन्दा रहेका छन् । उद्घाटन कार्यक्रममा डोटीको जोरायल, बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकाका जनप्रतिनिधिलगायत स्थानीयको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल