alliance khabar

शुक्रबार, बैशाख ०४, २०८३

बुटवल, वैशाख ४ गते ।

 बुटवलमा सडक अतिक्रमण हटाउन बुटवल उपमहानगरपालिकाले डोजर लगाएको छ । पछिल्लो समय बजार क्षेत्रमा सडक पेटीमै जथाभाबी व्यापार गर्ने प्रवृत्ति बढेपछि नियन्त्रणका लागि उपमहानगरपालिकाले डोजर प्रयोग गरेको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सडक अतिक्रमणका कारण हिँडडुल गर्नै समस्या भएको र सवारी दुर्घटनाको समेत जोखिम बढेपछि अतिक्रमण हटाउने अभियान थालिएको बताउनुभयो । उहाँले यस अवस्थालाई हेरेर बुटवल उपमहानगरपालिकाले बजार व्यवस्थापनका लागि विशेष अभियान सुरु गरी डोजर चलाएको जानकारी पनि दिनुभयो ।

बुधबार अपराह्नदेखि उपमहानगरपालिकाको अगुवाइमा विभिन्न सङ्घ संस्था, व्यवसायी तथा सरोकारवाला निकायबिच सहमति जुट्दै अव्यवस्थित व्यापार हटाउने निर्णय गरिएको हो । पहिले सर्वसाधारणलाई फुटपाथ व्यापार हटाउन जानकारी दिइएको थियो ।

माइकिङ गरी सूचना जारी गरिसकेपछि पनि नमानेपछि आवश्यक कारबाहीका लागि डोजर चलाइएको दाबी गरिएको छ । सडक अतिक्रमणका कारण सहरको सौन्दर्यमा समेत नकारात्मक असर पारेको उपमहानगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा ठेला र फुटपाथ व्यापार हटाइने छ भने दोस्रो चरणमा सडकमा छाडा छोडिएका गाईवस्तुको व्यवस्थापन गरिने छ । बुधबार साँझ बुटवल अस्पताल लाइन क्षेत्रका फुटपाथ तथा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइएको छ । उपमहानगर प्रमुख पाण्डेले अब कसैको अनुहार नहेरी सडक अतिक्रमण हटाएर खुला गराइने बताउनुभयो । उपमहानगरपालिकाले दोस्रो चरणमा भने छाडा चौपाया नियन्त्रणको अभियान थाल्ने योजना बनाएको छ ।

छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रणमा लिन लागिएको हो । स्थानीयवासीले यस कदमलाई सकारात्मक रूपमा लिएका छन् । बुटवल उपमहानगरपालिकाका अनुसार यसले बुटवललाई अझ व्यवस्थित, सुरक्षित र आकर्षक सहर बनाउन सहयोग पुग्ने छ ।

बुटवलमा सुरु भएको यो व्यवस्थापन तथा सौन्दर्यीकरण अभियान सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य देखिएको उपमहानगरपालिकाको भनाइ छ । प्रभावकारी कार्यान्वयन हुन सके बुटवललाई नमुना सहरका रूपमा विकास गर्न यो अभियान महत्वपूर्ण कदम साबित हुने पनि पाण्डेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल