चिसो बढेपछि दुई दिन विद्यालय बन्द

उर्लाबारी, पुस २४ गते ।  अत्यधिक चिसो बढेपछि मोरङको कानेपोखरी गाउँपालिकाले पुस २४ र २५ गते विद्यालयमा बिदा दिने निर्णय गरेको छ । केही दिन यता तराईमा शीतलहर चलिरहेको छ । यस्तो अवस्थामा बालबालिकालाई विद्यालय आउन जान समस्या हुने र स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएकाले सञ्चित बिदाबाट कट्टा हुने गरी दुई दिन विद्यालय बन्द गरिएको […]

राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौँ, पुस २४ गते ।  निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य […]

सुदूरपश्चिमबाट एमाले, कांग्रेस र नेकपाका उम्मेदवारले दर्ता गरे उम्मेदवारी

चौमाला (कैलाली), पुस २३गते । राष्द्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन कार्यक्रम अनुसार धनगढीस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरिएको हो। केन्द्रमा भएको सहमति अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले एक–एक सिटका लागि उम्मेदवारी दर्ता गरेका छन्। नेपाली कांग्रेसको तर्फबाट […]

चेपाङ समुदायका तीन जना समानुपातिक सूचीमा

मकवानपुर, पुस २३ गते  । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक सूचीमा चेपाङ समुदायका तीन जना परेका छन् । सीमान्तकृत समुदायबाट मकवानपुरका एकसहित तीन जना चेपाङ समुदायका समानुपातिक सूचीमा परेका हुन् । संविधान सभाका सदस्य एवं नेपाल चेपाङ सङ्घका अध्यक्ष गोविन्दराम चेपाङले फरक तीन वटा पार्टीबाट तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक […]

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

कास्की, पुस २३  गते । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधासम्पन्न बाल सघन उपचारकक्ष (पिआइसीयू) सञ्चालनमा आएको छ । प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शय्याको उपचारकक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग विभागका प्रमुख डा रामचन्द्र बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार सामान्य अवस्थाबाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर […]

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो

मुस्ताङ,  पुस २३ गते । यहाँस्थित (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । पछिल्लो समय रसुवागढी र तातोपानी नाका खुलेपछि कोरलानाकास्थित चिनियाँ भन्सारमा नेपाल भित्रिने मालवाहक कन्टेनर न्यून भएको हो । सो […]

बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रम

बुटवल (रुपन्देही), पुस २३ गते ।  बुटवल उपमहानगरमा सञ्चालन भएको बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रमबाट ज्येष्ठ नागरिकले घरमै सेवा पाउन थालेपछि खुसी भएका छन् । स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र निःशुल्क औषधीसमेत उपलब्ध गराउँदै आएका छन् । त्यसै गरी स्वास्थ्यको जोखिममा रहेका ज्येष्ठ नागरिकलाई थप उपचार गर्नुपर्ने भएमा सम्बन्धित स्वास्थ्य संस्थामा उपचारका लागि पठाउनेसमेत […]

खानेपानी योजनाको सफल परीक्षण

रेसुङ्गा (गुल्मी), पुस २३ गते । गुल्मीको मझेङ खानेपानी योजनाको सफल परीक्षण गरिएको छ । रेसुङ्गा–भाडगाउँ–मझेङखोला लिफ्ट खानेपानी योजना २०७७ असोज २३ गते निर्माण सम्झौता भएको थियो । यो योजना सम्झौता अनुसार २०७९ असोज २८ सम्ममा सकिनुपथ्र्यो तर करिब पाँच वर्ष हुँदासम्म पूरा भएको छैन । अहिले पहिलो चरणको काम सकिएको हो । गत भदौमा यो आयोजना सङ्घीय खानेपानी […]

विद्यार्थीलाई साइबर अपराध र सुरक्षासम्बन्धी सचेतना

नेपालगन्ज, पुस २३ गते ।  बाँकेको जानकी गाउँपालिकाले विद्यार्थीहरूलाई लक्षित गरी साइबर अपराध र सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाको आयोजनामा सुरु भएको सो कार्यक्रममा जानकी गाउँपालिका भित्रका ८ वटा माध्यमिक विद्यालयमा अध्ययनरत करिब ४० जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा अनलाइनमार्फत हुने ठगीका विभिन्न स्वरूप, […]

राष्ट्रियसभा सदस्यको उम्मेद्वारी मनोनयन आज

काठमाडौँ, पुस २३ गते ।  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल