पाथीभरा केबुलकारद्वारा वार्ताका लागि आह्वान

काठमाडौँ, वैशाख १६ गते ।  पाथीभरादेवी दर्शन केबुलकार कम्पनीले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबुलकारको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले सधैँ स्थानीयको माग र सरोकारलाई उच्च सम्मान गर्दै आएको बताएको छ । कम्पनीले विज्ञप्तिमा त्यहाँका स्थानीय धर्म, संस्कृति, पहिचान र सभ्यताको जगेर्ना गर्दै त्यसको प्रवर्धन गर्न […]

२०८२ वैशाख १६ गते- 29, April, 2025,मंगलवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । अरूका लागि बुद्धि खर्चनुपर्नेछ, गोपनीयतामा ध्यान पुर्याउनुहोला । साँझदेखि स्थितिमा सुधार आउनेछ । वृष (इ, उ, […]

भवनको जग खन्दा सडकमा पहिरो

कालीकोट, वैशाख १५ गते ।  कालीकोट जिल्ला सदरमुकामसमेत रहेको मान्मबजारको खाँडाचक्र नगरपालिकाको नयाँ भवन निर्माणका लागि जग खन्दा पहिरो गएपछि सडक अवरोध भएको छ । कर्णाली राजमार्गछेउमा भवन निर्माणका लागि निर्माण व्यवसायीले जग खन्दै जाँदा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । भवन निर्माणका लागि जग खन्दै गरेका दुई वटा एक्साभेटरको कम्पनले गर्दा सदरमुकाम बजार प्रवेश गर्ने […]

सय वर्ष पुरानो झोलुङ्गे पुल जोखिमपूर्ण

जाजरकोट, वैशाख १५ गते । जाजरकोट र रुकुमपश्चिम जोड्ने एक सय वर्ष पुरानो पुल जीर्ण भएको छ । जाजरकोटको भेरी नगरपालिका–११, मटेला र रुकुमपश्चिम चौरजहारी नगरपालिका–३, स्यालखोला जोड्ने मटेलाको सय वर्ष पुरानो झोलुङ्गे पुल सरोकारवाला निकायको बेवास्ताका कारण जीर्ण बनेको हो । सदरमुकाम खलङ्गासहित भेरी नगरपालिका–१ देखि १३ सम्मका सर्वसाधारण चौरजहारी बजार आउजाउ गर्ने नाकाका रूपमा रहेको […]

विपिन जोशीको रिहाइमा प्रयासरत : इजरायली राजदूत

चौमाला (कैलाली), वैशाख १५ गते । नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बासले हमास लडाकुको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रूपमा फिर्ता गराउनका लागि आफू प्रयत्नरत रहेको बताउनुभएको छ । हमासको आतङ्कवादी समूहको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । तीमध्ये आठ जना सुदूरपश्चिमका थिए भने एक जना विपिन जोशी भने अहिले पनि […]

कश्मीर आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

सुनसरी, वैशाख १५ गते । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता […]

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर

काठमाडौँ, वैशाख १५ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ […]

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, वैशाख १२  गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो […]

सामुदायिक विद्यालयले भर्ना लिँदै

चितवन, वैशाख १२ गते । चौतर्फी दबाब परेपछि चितवनका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना कार्य अगाडि बढाएका छन् । शिक्षकले काठमाडौँकेन्द्रित आन्दोलन गरेपछि स्थानीय सरकार, अभिभावक र नागरिक समाजको दबाबपछि विद्यालयमा भित्रभित्रै भर्ना कार्यक्रम सञ्चालन गरिएको हो । रत्ननगर नगरपालिका प्रमुख प्रह्लाद सापकोटाले आफ्ना माग राख्दै गर्दा विद्यार्थीलको पढ्न पाउने अधिकारबाट वञ्चित गर्न हुँदैन भनेर भर्ना कार्यव्रmमलाई अगाडि […]

पुल नबनाउने शान्ति–आरोग्य जेभीको ठेक्का तोडेर गरियो कारवाही

कास्की, वैशाख १२ गते । पोखरा महानगरपालिका–४ र ५ जोड्नेगरी फिर्केखोलामा निर्माण गर्न गरिएको पुलको ठेक्का सम्झौता तोडिएको छ । सडक डिभिजन कार्यालय पोखराले सो पुल निर्माणका लागि विसं २०७५ असोजमा ठेक्का सम्झौता गरेकामा निर्माण कम्पनीले काम सम्पन्न नगरेको र काम गर्ने अग्रसरतासमेत नदेखाएपछि कार्यालयले ठेक्का सम्झौता तोडेको हो । पुल निर्माणको ठेक्का पाएको शान्ति–आरोग्य […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल