alliance khabar

बिहिबार, आषाढ २६, २०८२

काठमाडौँ, असार २६ गते ।

त्रिविका नवनियुक्त उपकुलपति  प्राडा दीपक अर्यालले विश्वविद्यालय सुधारका लागि आफूले आवश्यकता अनुसार चौबिसै घण्टा समय दिन तयार रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि बुधबार नै पदभार ग्रहण गर्दै उपकुलपति अर्यालले यस्तो बताउनुभएको हो ।

अन्य पदाधिकारी तथा विभागीय प्रमुखहरूलाई साथैमा राखेर उपकुलपति अर्यालले विश्वविद्यालयको गरिमा उच्च राख्ने गरी काम गर्ने बताउनुभयो । पछिल्लो समय त्रिविमा फरक फरक समूहको फरक फरक माग रहेको र त्यसले विश्वविद्यालयलाई नै जटिल परस्थितिमा धकेलेको भन्ने भाष्य निर्माण भइरहेकोतर्फ आफू पनि सचेत रहेको बताउँदै उपकुलपति अर्यालले भन्नुभयो, “असन्तुष्ट पक्षलाई एक एक गरेर म आफैँ वार्ता गर्ने छु तर विश्वविद्यालय सुधारको काम भने एकै पटकमा नहोला । तीन/चार महिनामा नतिजा आउने गरी काम गर्ने छु ।” बिहीबार त्रिवि सभाको आयोजना गरिएको हुनाले अर्यालले  बुधबार साँझ नै पदभार ग्रहण गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल