alliance khabar

बुधबार, आषाढ २५, २०८२

धनगढी, असार २५ गते ।

रोपाइँ सकिएपछि कैलालीको थारू बस्तीमा हर्डहुवाको रौनक छाएको छ । ढुरिया/असारी पूजा गरेर धान रोपाइँको थालनी गरेका प्रकृति पूजक थारू समुदायले खेतीपातीको काम सकिएको खुसियालीमा हर्डहुवा मनाउने चलन रहेको छ । हिलोमाटो लागेको हलो, जुवा, कृषि उपकरण धोएर त्यसको पूजा गर्दै खानपान गरेर रमाइलो गरी हर्डहुवा मनाइन्छ । हर्डहुवा गाउँभरिका परिवारले एकसाथ मनाउने र रमाउने गरेको कैलारी गाउँपालिका–६, बेनौलीका भलमनसा पहलमान चौधरीले बताउनुभयो । उहाँले आफ्नो गाउँका २७० घरपरिवारले एकसाथ हर्डहुवा मनाएको जानकारी दिनुभयो ।

“वर्षाभरि घामपानीसँग जुधेर हामी खेतीपातीको काम गर्छौं । त्यस क्रममा कतिपय किराफट्याङ्ग्रालाई हाम्रो कारणले हानिनोक्सान भएको छ,” भलमनसा चौधरीले थप्नुभयो, “खेतीपातीको क्रममा गरेको पाप नाशका लागि हर्डहुवा मनाउने गरिन्छ ।”

थारू समुदायको जीविकोपार्जनको प्रमुख माध्यम खेतीपाती हो । वर्षायाममा घामपानीसँग जुधेर खेतीपातीको काम गर्दा शरीर कमजोर हुन्छ । कमजोर शरीरलाई पुनः शक्ति प्राप्तिका लागि हर्डहुवा मनाउने गरेको थारू बुद्धिजीवी बताउँछन् । वर्षाभर काम गर्दा थाकेको शरीरमा हर्डहुवाले पुनर्ताजगी ल्याउने थारू बुद्धिजीवी माधव थारूको भनाइ छ । त्यसै गरी हर्डहुवा आफन्त, नातागोताबिच भेटघाटको माध्यम पनि बनेको उहाँको बुझाइ छ । उहाँले आफ्ना छोरीबेटी, इष्टमित्र, आफन्त, नातागोतालाई डाकेर हर्डहुवा मनाउने चलन रहेको बताउनुभयो । हर्डहुवामा सुँगुरको मासु, माछालगायत मिठा परिकार खाएर रमाउने चलन छ ।

विगतमा हर्डहुवामा मिठा मिठा परिकार खाएर सजना गीत गाउने, पुराना कथा, चुट्किला सुन्ने कार्यसमेत हुने गर्दथ्यो तर अचेल आधुनिक मनोरञ्जनका साधनका कारण मौलिक लोकगीत, कथा सुन्ने, सुनाउने कार्य नहुने गरेको थारू बताउनुहुन्छ । कतिपय कुरा परिवर्तन भए पनि रोपाइँपछि रमाइलो र पुनर्ताजगीका लागि मनाउने हर्डहुवा थारू समुदायका लागि एउटा पर्व जस्तै रहेको कैलारी गाउँपालिका–७, छटकपुर वसन्ताका जिया चौधरीले बताउनुभयो । “हर्डहुवाले थकाइ मेटाउनुका साथै रमाइलो प्रदान गर्छ,” उहाँले भन्नुभयो, “त्यस कारण प्रत्येक वर्ष रोपाइँपछि थारू गाउँमा हर्डहुवा मनाइन्छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल