काठमाडौँ, असार २५ गते ।
नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ८२ पैसा र बिक्रीदर १३७ रुपियाँ ४२ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १६० रुपियाँ ५४ पैसा र बिक्रीदर १६१ रुपियाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८५ रुपियाँ ७९ पैसा र बिक्रीदर १८६ रुपियाँ ६१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपियाँ ६६ पैसा र बिक्रीदर १७२ रुपियाँ ४१ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ५४ पैसा र बिक्रीदर ८९ रुपियाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपियाँ २५ पैसा र बिक्रीदर १०० रुपियाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ०२ पैसा र बिक्रीदर १०७ रुपियाँ ४९ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपियाँ ३४ पैसा र बिक्रीदर नौ रुपियाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ०७ पैसा र बिक्रीदर १९ रुपियाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४८ पैसा र बिक्रीदर ३६ रुपियाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५४ पैसा र बिक्रीदर ३७ रुपियाँ ७१ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २१ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २५ पैसा र बिक्रीदर ३७ रुपियाँ याँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २६ पैसा र बिक्रीदर ३२ रुपियाँ ४० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ९९ पैसा र बिक्रीदर १० रुपियाँ ०३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३८ पैसा र बिक्रीदर १४ रुपियाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५२ पैसा र बिक्रीदर २१ रुपियाँ ६१ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ४३ पैसा र बिक्रीदर १७ रुपियाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ ८७ पैसा र बिक्रीदर ४४९ रुपियाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ९५ पैसा र बिक्रीदर ३६४ रुपियाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ ५९ पैसा र बिक्रीदर ३५६ रुपियाँ ९४ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।