alliance khabar

बिहिबार, आषाढ २६, २०८२

काठमाडौँ, असार २६ गते ।

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले बुधबार विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याललाई नियुक्त गर्नुभएको छ ।

नवनियुक्त उपकुलपति प्राडा अर्यालले बुधबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको शपथ कार्यक्रममा विश्वविद्यालयका कुलपति ओलीसमक्ष प्राडा अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी हुनुहुन्थ्यो ।

काठमाडौँको गोकर्णेश्वर–५, जोरपाटी स्थायी घर भएका प्राडा अर्याल त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा प्राध्यापक पदमा कार्यरत हुनुहुन्छ । उहाँ विभागको  पूर्वप्रमुख पनि हुनुहुन्छ । विसं २०५२ देखि त्रिवि सेवामा रहनुभएका प्राडा अर्याल नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का प्राज्ञसमेत हुनुहुन्छ । उहाँले जलवायु विज्ञानमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भई स्वर्णपदक प्राप्त गर्नुभएको थियो । उहाँले जापानको नागोया विश्वविद्यालयबाट पनि एमएस्सी तथा त्रिभुवन विश्वविद्यालयबाट जलवायु विज्ञानमा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको छ । उहाँ चर्चित हास्यव्यङ्ग्यकार भैरव अर्यालका सुपुत्र हुनुहुन्छ ।

यसअघि विश्वविद्यालयको उपकुलपतिका लागि विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त संयोजक रहेको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस समितिले प्राडा अर्यालसहित निमित्त उपकुलपति खड्ग केसी र प्राडा विनिल अर्यालको नाम सिफारिस गरेको थियो । कुलपतिको हैसियतमा तीन जनामध्येबाट प्रधानमन्त्री ओलीले एक जनालाई उपकुलपति नियुक्त गर्नुभएको हो । तत्कालीन उपकुलपति केशरजङ्ग बरालले चैत १५ गते राजीनामा दिएपछि तत्कालीन शिक्षाध्यक्ष रहनुभएका केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल