ग्यास आजदेखि पुरानै मूल्यमा

काठमाडौँ, असोज १ गते । काठमाडौँ उपत्यकाका उपभोक्ताले बिहीबारदेखि प्रतिसिलिन्डिर पुरानै मूल्य दुई हजार ६० रुपियाँमा ग्यास पाउने भएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित छलफलमा नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले भोलिदेखि नै पुरानो मूल्यमा उपभोक्ताले ग्यास पाउने जानकारी दिनुभयो । भदौ १४ […]

राष्ट्र बैङ्कका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकाल तीन वर्ष

काठमाडौँ, असोज १ गते । गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक सदस्यको कार्यकाल हालको पाँच वर्षबाट घटाई तीन वर्ष बनाउने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैङ्क विधेयकमा गरेको संशोधनमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक सदस्यको कार्यकाल हालको पाँच वर्षबाट घटाई तीन वर्ष बनाउनुका साथै कार्यसम्पादनका आधारमा निजहरूलाई दुई वर्षका […]

नेपाल बैङ्कका कर्मचारीको जीवन बिमा नेसनल लाइफमा

काठमाडौँ, असोज १ गते ।  नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीको जीवन बिमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा हुने भएको छ । दुवै संस्थाबिच बुधबार त्यससम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेल र नेपाल बैङ्क लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार नेपाल बैङ्क […]

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

काठमाडौँ, असोज १ गते ।  अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । भारत सरकारको निमन्त्रणामा उहाँ बिहीबार बिहान ७ः३५ बजेको उडानमा काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबिचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको उहाँको सचिवालयले जनाएको […]

कर्णालीका पूर्वमन्त्री हिमबहादुर शाहीको निधन

पञ्चकोशी (दैलेख), असोज १ गते । नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको उपचारका क्रममा निधन भएको छ । हृदयाघात भएपछि उपचारका लागि प्रदेश अस्पताल कालागाउँमा भर्ना गरिएका शाहीको बुधबार राति १० बजे उपचारकै क्रममा निधन भएको उहाँका छोरा गणेशकुमार शाहीले बताउनुभयो । चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ निवासी शाही ८० […]

नारायणगढ–हेटौँडा सडक चार लेनमा विस्तार हुँदै

चितवन, असोज १ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–हेटौँडा सडकखण्ड चार लेनमा विस्तार हुने भएको छ । सडक विस्तारका लागि सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) ले भदौ १९ गते विश्वव्यापी बोलपत्र आह्वान गरिसकेको छ । हेटौँडाको राप्ती पुलदेखि भरतपुरको गोन्द्राङसम्मको ७० किलोमिटर सडक तीन प्याकेजमा स्तरोन्नति गर्न लागिएको हो । एडीबीको सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा […]

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, असोज १ गते । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो […]

चिनी प्रतिकेजी एक सय दस रुपियाँमा बेच्ने व्यवस्था

काठमाडौँ, असोज १ गते ।  काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपियाँमा चिनी बेचिने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा चिनीको अभाव नरहेको स्पष्ट पारेको हो । विभागका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकको सहमति अनुसार उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट चिनी सहज […]

विश्वकर्मा पूजा गरिँदै

काठमाडौँ, असोज १ गते ।  हरेक वर्ष असोज १ गते हिन्दू धर्मावलम्बीले विश्वकर्मा पूजा मनाउने गर्छन् । आश्विन सङ्क्रान्तिका दिन सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण तथा औजारको पूजा गरी विश्वकर्मा पूजा मनाउने चलन छ । कालिगड तथा विभिन्न उद्योग–कलकारखानामा काम गर्नेहरूले फलामे औजार र उपकरणको पूजाआजा गरी विश्वकर्मा पूजा मनाउने गर्छन् । समुद्र मन्थनबाट […]

आज मिति २०८३ असाेज ०१ गते , 17 sep 2026 , बिहीबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ उत्साह र आत्मविश्वासका साथ काम अघि बढ्नेछ । लामो समयदेखि रोकिएका कामले गति लिनेछन् । रोजगारी तथा व्यवसायमा थप जिम्मेवारी आउन सक्छ । आर्थिक अवस्थामा सुधारको संकेत देखिएपनि हतारमा लगानी गर्ने निर्णय नगर्नुहोस् । परिवारको साथ र सहयोगले महत्त्वपूर्ण काम सहज बन्नेछ । […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ