सयुक्त राष्ट्रसङ्घ, असोज ६ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘नष्ट’ गर्न सक्ने चेतावनी दिएको केही समयमै अमेरिकी र इरानी अधिकारीबीच करिब तीन घण्टा वार्ता भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाका लागि विश्व नेताहरू भेला भएका बेला भएको यो अप्रत्याशित भेटले युद्धरत दुई मुलुकबीच कूटनीतिक संवादको सम्भावना देखाएको छ । राष्ट्रपति ट्रम्पका प्रमुख […]
काठमाडौँ, असोज ७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्नुहुने भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विद्युत् पूर्वाधारमा पुर्याएको क्षति, मानवीय क्षति, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणबारे जानकारी दिन मन्त्री श्रेष्ठले बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो । भोटेकोशी बाढीले […]
काठमाडौँ, असोज ७ गते । इन्द्रजात्रा (येँया) बुधबारबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान ७ः४१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) गरेपछि इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको मानिन्छ । आठ दिनसम्म चल्ने इन्द्रजात्राको पहिलो दिन पुलुकिसी, लाखे र सवःभकु निकाल्ने परम्परा छ । विशेषगरी आजको दिनलाई ‘उपाकु’ भनिन्छ । आज साँझ नेवार समुदायले मृतकको सम्झनामा […]
रौतहट, असोज ७ गते । रौतहटको फतुवाविजयपुर नगरपालिकाका निलम्बित नगर प्रमुख गोपालराय यादवको सजाय सर्वोच्च अदालतबाट पनि सदर भएको छ । लालबकैया नदीको ढुङ्गा, गिट्टी र बालुवा ठेक्का प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध निलम्बित यादवले दायर गर्नुभएको पुनरावेदन सर्वोच्च अदालतले सोमबार अस्वीकार गरेपछि उहाँलाई सुनाइएको तीन वर्ष कैद र १५ लाख रुपियाँ जरिवाना कायम भएको छ […]
न्युयोर्क, असोज ७ गते । परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुँदै ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा न्युयोर्कस्थित होटल लोट्टे न्यूयोर्क प्यालेसमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरको आयोजनामा सम्पन्न ग्लोबल साउथका समान विचारधारा […]
नागोया (जापान), असोज ६ गते । २० औँ एसियाली खेलकुदमा नेपालले मार्सल आर्ट्सबाट पदकको अपेक्षा राखेको छ । जसमध्ये उसु पनि एक हो । यद्यपि नेपाली उसुले सोमबार निराश पारेको छ । आइची प्रिफेक्चुरल मार्सल आर्ट्स हलमा भएको उसु प्रतियोगिताको दोस्रो दिन महिला छाङक्वान फाइनल इभेन्टमा सुस्मिता तामाङले १३ औँ स्थान हासिल गर्नुभयो । उहाँले […]
नारायणगढ, असोज ६ गते । चितवनमा उद्योग दर्ताका लागि कार्यालयमै पुग्नुपर्ने बाध्यता हटेको छ । उद्योग दर्ता तथा नवीकरणको सेवा अनलाइनबाटै लिन थालिएपछि सेवाग्राहीलाई समय र खर्चको बचत मात्रै भएन कार्यालय पुग्नुपर्ने झन्झट पनि हटेको हो । उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय चितवनका प्रमुख उद्योग अधिकृत विनोद पौडेलले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले कार्यलयले […]
काठमाडौँ, असोज ६ गते । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा उहाँहरुबिच नेपाल र भुटानबिचको सुमधुर द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ । भेटमा दुवै नेताले दुई देशबिचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गर्नुभएको […]
काठमाडौँ, असोज ६ गते । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज (मङ्गलबार) दोस्रो दिन बिहान ९ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा भइरहेको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम सुरु हुने छ । हरेक केन्द्रीय सदस्यले बढीमा तीन मिनेटमा पार्टी, अध्यक्षको […]
काठमाडौँ, असोज ६ गते । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै हुनुहुन्छ । उहाँको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत हुनुहुन्छ । प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार […]