कान्तिपुर फर्मास्युटिकल्सको आइपिओ आउँदै

काठमाडौँ, जेठ १४ गते । आइपिओ निष्कासनको पाइप लाइनमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अन्डरराइटिग (धितोपत्र प्रत्याभूति) का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ । मङ्गलबार एलिट क्यापिटल र कान्तिपुर फर्मास्युटिकल्सबिच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । एलिटले कान्तिपुरको १७ करोड रुपियाँ बराबरको १७ लाख कित्ता साधारण सेयरको प्रत्याभूति गरेको हो । सम्झौतामा […]

सुधारिँदै कर्णालीको आर्थिक सूचक

सुर्खेत, जेठ १४ गते । कर्णाली प्रदेशले आर्थिक परिसूचकमा उल्लेख्य सुधार गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय वृद्धिदरभन्दा बढी रहने प्रक्षेपण गरिएको छ । राष्ट्रिय आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहँदा कर्णालीको ४.७४ प्रतिशत रहेको जानकारी राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँले सुर्खेतमा कर्णाली प्रदेशको प्रादेशिक लेखा अनुमान सार्वजनिक दिएको हो […]

ज्येष्ठ नागरिकलाई रैथाने मनोरञ्जन

हुम्ला, जेठ १४ गते । ज्येष्ठ नागरिकलाई मनोरञ्जन दिन र जिल्लाका रैथाने मनोरञ्जनका विधिको संरक्षण गर्न जिल्ला कार्यक्रम आयोजना गरिएको छ । साथीसङ्गी र दौँतरीबिच भेटघाट हुन कठिन हुने उमेरमा रहनुभएका साठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई एकै ठाउँमा भेला पारेर स्थानीय तहमा हुने कला, मनोरञ्जन प्रदर्शन गरिएको ज्येष्ठ नागरिक सङ्घ हुम्लाका अध्यक्ष अदानसिंह रावतले बताउनुभयो । […]

युरोप लैजाने भन्दै ठगी बढ्यो

काठमाडौँ, जेठ १४ गते । पछिल्लो समयमा आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि युरोप पठाउने भन्दै युवालाई ठगी गर्ने क्रम बढेको छ । शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी, तालिमप्रदायक संस्था, भाषा प्रशिक्षण गराउने संस्था, व्यक्तिलगायतले युरोपमा आकर्षक सेवा सुविधासहित वैदेशिक रोजगारी प्रक्रियाका लागि आवेदन माग गरेर श्रमिकलाई ठगी गर्ने क्रम बढेको हो ।  वैदेशिक […]

मन्दिरको सात कठ्ठा जग्गा अतिक्रमण

तुलसीपुर, जेठ १४ गते । दाङको तुलसीपुर बजारभित्र तुलसी बोर्डिङ चोकदेखि पूर्वतिर ठूला–ठूला घर छन् । ति घर आफ्नै जग्गामा बनेका हुन्, भन्ने लाग्ला । तर, त्यसो होईन्, चार-पाँच फ्लाइटका ती घर त मन्दिरको नामको जग्गामा बनेका घर हुन् । दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित सिद्ध रत्ननाथ मन्दिरको जग्गा १० कठ्ठा हो । तर, त्यो जग्गा […]

२०८२ जेठ १४ गते – 28, May, 2025, बुधवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामाजिक उत्तरदायित्व वहन गर्ने समय हो । रोकिएका कामहरू सम्पन्न हुनेछन् । नयाँ जिम्मेवारी र अवसर प्राप्त हुने योग छ । परिवारमा केही असमझदारी देखा पर्न सक्छ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ मिल्नेछ । शरीरमा उत्साह र उमङ्ग बढ्नेछ । स्वास्थ्य सन्तोषजनक […]

डा. भोला रिजालको ‘मेरो मृत्यु पछि’ बोलको गीतको भिडियोको चर्चा

काठमाडौँ । डा. भोला रिजालको ‘मेरो मृत्यु पछि’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. रिजालको शब्द रचना, वरिष्ठ सङ्गीतकार न्ह्यु बज्राचार्यको सङ्गीत र गायक प्रवीण बेडवालको स्वरमा रहेको सन्देशमूलक गीत ‘मेरो मृत्यु पछि’ को भिडियो सार्वजनिक गरिएको हो । गीतकार सङ्घका अध्यक्ष वसन्त बित्याशी थापाको अध्यक्षतामा शनिवार सार्वजनिक भिडियो वर्ल्डकभर […]

सगरमाथा दिवस मनाउने तयारी

सल्लेरी, जेठ १२ गते । बहत्तरौँ सगरमाथा दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ । मे २७, २८ र २९ अर्थात् जेठ १३, १४ र १५ गतेका दिन खुम्बु पासाङल्हामु गाउँपालिका–५, नाम्चेमा सगरमाथा दिवस मनाउने तयारी गरिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाको आर्थिक सहयोगमा नाम्चे युवा समूहले विविध कार्यक्रमका साथ सगरमाथा दिवस मनाउन तयारी पूरा गरेकोे खुम्बु […]

खानामा प्रिजर्भेटिभ्स कत्तिको सुरक्षित

खाद्यपदार्थलाई रोगाणुमुक्त, अझ स्वादिलो बनाएर लामो समय सुरक्षित राख्न सकिने प्रविधिको विकासले खाद्य सुरक्षासँगै समकालीन बजारको माग आपूर्तिमा सन्तुलन बनाइराखेको छ । मानव उद्विकासको क्रममा शिकारी र घुमन्ते समाजले हरेक दिन आहाराका लागि चहार्ने तथा पाए खाने, नपाए भोकै बस्ने जुन अवस्था थियो त्यस्तो आधुनिक युगमा छैन । विज्ञान प्रविधिको विकाससँगै खाद्यवस्तुको उत्पादनमा विविधता, व्यापकता र सर्वसुलभता […]

क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

चितवन,  जेठ १२ गते । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको छ । नेपालमै पहिलो पटक ‘मायस्थेनिया ग्राभिस’ प्रविधिबाट शल्यक्रिया गरिएको हो । दाङकी २२ वर्षिया एक महिलाको यही जेठ ८ गते सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । सफल शल्यक्रियापछि आइतबार अस्पतालले पत्रकार सम्मेलन गरी सो नयाँ प्रविधिबाट सफल शल्यक्रिया […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल