काठमाडौँ, फागुन ३० गते । प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्न पार्टीको विधानलाई संशोधन गर्ने तयारी गरेको छ । रास्वपाको विधानको धारा ६६ को ८ (ख) मा संसदीय दलको नेता चयन गर्दा पार्टीका सम्पूर्ण सदस्यले मतदानमार्फत संसदीय दलको नेता चयन गर्ने व्यवस्था रहेको […]
काठमाडौँ, फागुन ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । नेता शाहले सामाजिक सञ्जालमार्फत एक शोक सन्देश जारी गर्दै पिताको महिमा र अभावका बारेमा मार्मिक धारणा व्यक्त गर्नुभएको छ […]
काठमाडौँ, फागुन २८ गते । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयलाई दिनुभएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको […]
काठमाडौँ, फागुन २५ गते । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री मोदीले आज उहाँहरुसँग टेलिफोन संवाद गरी नेपालको निर्वाचनमा प्राप्त उहाँहरूको विजय तथा रास्वपाको उल्लेखनीय सफलताका लागि दुवै नेताहरूलाई बधाई दिनुभएको सामाजिक सञ्जाल एक्समा उल्लेख […]
झापा , फागुन २५ गते। झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा कूल रु १४ लाख १४ हजार ७२९ खर्च भएको उल्लेख छ । पेस गरिएको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ । […]
इलाम , फागुन २५ गते । इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी हुनुभएको छ । राईले १४ हजार ५४३मत प्राप्त गर्नु भएको छ । सूर्योदय नगरपालिका ४ श्रीअन्तुका स्थायी बासिन्दा ३५ वर्षीय राई विजयी भएर यस क्षेत्रमा काङ्ग्रेसले २७ बर्ष पछि जीत निकालेको छ । राई व्यवस्थापन सङ्कायमा स्नातकोत्तर पूरा […]
गोरखा , फागुन २५ गते । गोरखामा फागुन २१ गते भएको निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङ विजयी हुनुभएको छ । गुरुङले २९९०० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रेम कुमार खत्रीले १५२४६ मत प्राप्त गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका हरिराज […]
काठमाडौँ , फागुन २५ गते। राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले आज सपथ लिनुभएको छ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा विशेष समारोहका बिचमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नव निर्वाचित सदस्यहरूलाई शपथ गराउनुभएको हो । यही फागुन २० मा कार्यकाल सकिएका राष्ट्रिय सभाका १९ सदस्यका लागि गत माघ ११ गते भएको निर्वाचनबाट १८ जना निर्वाचित हुनुभएको थियो […]
काठमाडौँ, फागुन २४ गते । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक सय ६५ क्षेत्रमध्ये १४ क्षेत्रमा नारी विजयी भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १३ र नेपाली कांग्रेसका एक गरी जम्मा १४ महिला विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल उम्मेदवार […]
मकवानपुर, फागुन २४ गते । नेकपा (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखेरेलले पार्टी सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पराजय र पार्टी गतिविधिप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । उहाँले आगामी दिनमा पार्टीलाई जीवित र सुदृढ राख्न वर्तमान यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनुपर्ने भन्दै अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । पोखरेलले सामाजिक सञ्जाल फेसबुकबाट […]