सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, भदौ ९ गते ।  सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मङ्गलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन)विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । […]

नेकपाद्वारा मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न ह्विप जारी

मकवानपुर, भदौ ८ गते। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको पक्षमा विश्वासको मत दिने भएको छ। नेकपाले मुख्यमन्त्री थापाको पक्षमा विश्वासको मत दिन आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको हो। सोमबार विश्वासको मत लिने तयारीमा रहनुभएका मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न नेकपाले आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको हो। […]

विवाद र असहमति संवादबाट समाधान गर्नुपर्छ : महामन्त्री पौडेल

तनहुँ, भदौ ७ गते ।  नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएका विवाद र असहमतिलाई संवाद र सहमतिमार्फत समाधान गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । गृह जिल्ला तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीको एकता जोगाउन आफूहरू हदसम्म लचक हुन तयार रहेको बताउनुभयो । महामन्त्री पौडेलले नियमित रूपमा महाधिवेशन भएको भए अहिले […]

लुम्बिनीमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

गुल्मी, ५ भदौ ।  लुम्बिनी प्रदेश सरकारले अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको अस्थायी संगठन संरचना तथा दरबन्दी आर्थिक वर्ष २०८३/८४ को प्रथम चौमासिकका लागि स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले जानकारी दिनुभयो। त्यसैगरी, बैठकले आर्थिक […]

मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

हेटौँडा, भदौ ४ गते । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । उहाँ नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको हो । नेपाल […]

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, भदौ ४ गते ।  सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक बिहीबार बस्दैछ । प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको छ । यस्तै, राष्ट्रियसभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएका कारण आज एकै पटक धेरै समितिका बैठक बस्न लागेका हुन् । कार्यक्रमअनुसार बिहान ११ बजे बस्ने अर्थसमितिको बैठकमा ‘नेपाल राष्ट्र बैङ्क […]

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ – गृहमन्त्री गुरुङ

काठमाडौँ, भदौ ३ गते । गृहमन्त्री सुधन गुरुङले आफ्नो जिम्मेवारीको रूपमा रहेको विपद् व्यवस्थापनमा मन्त्रालय संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले सांसद गोपाल शर्माले जाजरकोट र रुकुम पश्चिमका विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका सम्बन्धमा सोध्नुभएको प्रश्नको जवाफ दिनुभएको हो । मन्त्री गुरुङले विपद्मा एक परिवारबाट एक व्यक्तिलाई लाभ […]

यस्ता छन् मन्त्रीपरिषद बैठकका निर्णयहरु

काठमाडौं, भदौ ३ गते । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने २ अर्व ७३ करोड रुपियाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिष बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताउनुभयो । मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरु १) सफ्टवेयर विकास […]

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौँ, भदौ ३ गते । सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) […]

कोशी प्रदेशसभा बैठक, दलित अधिकार विधेयक पेश हुने सम्भावना

विराटनगर, भदौ ३ गते । कोशी प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत २३औँ बैठक ४३ दिनको अन्तरालपछि आज बुधबार दिउँसो १ बजे बस्दैछ । गत असार २४ गते बजेट पारित गरेपछि बैठक स्थगित गरिएको थियो । आजको बैठकमा सरकारले ‘दलित अधिकारसम्बन्धी विधेयक’ प्रदेशसभामा पेश गर्ने सम्भावना रहेको छ । यद्यपि, कार्यव्यवस्था परामर्श समितिबाट अन्तिम कार्यसूची पारित हुन बाँकी […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ