काठमाडौँ, वैशाख ११ गते । बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । जनताको विजय भएको खुसीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा […]
गुल्मी, वैशाख ८ गते। लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत चौधौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ। बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि […]
काठमाडौँ, वैशाख ८ गते । सरकारले गत सातादेखि सुरु गरेको ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सफल बनेको छ । अधिकांश सरकारी कार्यालयमा काम हुन नसकी अगाडि नबढेका र कतिपय रोकिएका फाइलको काम अभियान सञ्चालनको एक सातामा सम्पन्न भयो । मुद्दा परेका र कानुन अभावमा रोकिएका फाइलबाहेक सरकारी कार्यालयका अन्य सबैजसो फाइल अगाडि बढी शून्य बाँकी फाइल अभियान […]
काठमाडौँ, वैशाख ५ गते । नेपाली कांग्रेसको आन्तरिक विवादको न्यायिक निरूपण भएको छ । विशेष महाधिवेशन वैधानिक वा अवैधानिक भन्ने विवाद सर्वोच्च अदालतले शुक्रबार किनारा लगाएको छ । सर्वोच्चको संयुक्त इजलासले गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई नै वैधता प्रदान गरेको छ । विशेष महाविधेशनको निर्णय राजनीतिक दलसम्बन्धी […]
काठमाडौँ, वैशाख २ गते । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग बुधबार अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । आज मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत […]
काठमाडौँ, चैत ३० गते । राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो । वर्ष २०८२ को मध्यतिर ‘जेनजी’ को विद्रोहपूर्ण आन्दोलनले एउटा मार्गबाट हिँडिरहेको राजनीतिलाई नयाँ शिराबाट अघि बढाउन हस्तक्षेपकारी भूमिका निर्वाह गरेको छ । जेनजी आन्दोलनकै बलमा तत्कालीन […]
काठमाडौं, चैत २७ गते । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्री द्वय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवले सपथ ग्रहण गर्नुभएको हो । समारोहमा उपराष्ट्रपति रामहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय […]
काठमाडौँ, चैत २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ उपधारा ९ बमोजिम चैत १३ गते गठित मौजुदा मन्त्रीपरिषद्मा प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा हेरफेर र कार्यविभाजन गर्नुभएको छ । प्रधानमन्त्री शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बिहीबार पदमुक्त गर्ने सिफारिस गर्नुभएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको […]
काठमाडौँ, चैत २७ गते । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले स्थानीय तहलाई बलियो र सक्षम बनाउने गरी आवश्यक कानुन निर्माण गर्न सङ्घीय सरकार तयार रहेको बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घको ३३ औँ वार्षिकोत्सव बिहीबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “स्थानीय तहका नागरिकलाई पूर्ण रूपमा न्याय हुने गरी सेवा दिनु […]
दाङ, चैत २६ गते । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत आठौं बैठकमा संघीय र प्रदेश सरकार संग सरोकार राख्ने बिषयमा प्रदेश सभा सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले जनताको अपेक्षा अनुसार सुशासन कायम गर्न सरकार सफल हुनुपर्ने बताउनुभयो । पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई हिरासतमा लिनु गैरकानुनी भएको दाबी गर्दै […]