५६.१२ प्रतिशत प्रतिनिधि सहभागी

काठमाडौँ, पुस २८ गते । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रारम्भ भएको छ । महाधिवेशनमा आइतबार दुई हजार ६६२ (५६.१२ प्रतिशत) प्रतिनिधि सहभागी भएका छन् । बदलिँदो राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई सुदृढ बनाउने, जनभावना अनुरूपको नीति निर्माण गर्ने र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टी रूपान्तरण र पुनर्निर्माणको दृढ उद्देश्यसाथ कांग्रेसको यो महाधिवेशन सुरु भएको हो । […]

अभ्यास खेलमा अमेरिकामाथि नेपालको जित

काठमाडौँ, पुस २७ गते । आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि खेलिएको अभ्यास खेलमा नेपालले अमेरिकामाथि जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले अमेरिकालाई चार विकेटले हरायो । अमेरिकाले दिएको एक सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ४९ रन बनाउनुभयो […]

कांग्रेसले नागरिकका असन्तुष्टि गम्भीरतापूर्वक आत्मसात् गर्छ : महामन्त्री शर्मा

काठमाडौँ, पुस २७ गते।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा नागरिकका असन्तुष्टि बुँदागतरुपमा सङ्कलन गरेर गम्भीरतापूर्वक समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आइतबार काठमाडौँमा सुरु भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले विशेष महाधिवेशनलाई केबल सङ्गठनात्मक अभ्यास नभइ जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको मञ्चका रूपमा स्थापित गर्ने बताउनुभएको हो। महामन्त्री […]

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की

काठमाडौँ, पुस २७ गते ।  प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज आयोजित जलपान कार्यक्रममा सहभागी हुनु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा भएको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी हुनु भएको हो । प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत नेताहरूले स्वागत गर्नु भएको थियो । कार्यक्रममा सञ्चार तथा सूचना […]

लोकतान्त्रिक शक्तिबिच सहकार्यको खाँचो छ : अध्यक्ष ओली

काठमाडौँ, पुस २६ गते ।  नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतन्त्र सङ्कटमामा रहेकाले संविधान पक्षधर र लोकतान्त्रिक शक्तिहरूबिच संवाद, न्यूनतम समझदारी र सहकार्यको खाँचो रहेको बताउनु भएको छ । नेकपा (एमाले) को दोस्रो केन्द्रीय कमिटी बैठकमा शनिबार यहाँ सम्बोधन गर्नु हुँदै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो । […]

रुकुमबाटै चुनाव लड्छु : प्रचण्ड

रुकुमपश्चिम, पुस २६ गते ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले रुकुमपूर्वबाट चुनाव लड्ने पक्का भएको बताउनुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ बराहाटाकुरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा आफू रुकुमपूर्वबाट चुनाव लड्ने करिब निश्चित भएको बताउनुभयो । उहाँले रुकुमका जनताको दुःख, सुखमा साथ […]

संकटमा सबै पक्ष संयमित रहन कांग्रेस जनसम्पर्क समितिका सभापतिको अपिल

काठमाडौँ, पुस २६ गते । नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जनसम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन्। शनिबार १७ देशका जनसम्पर्क समितिका सभापतिले एक संयुक्त अपिल जारी गर्दै विधानअनुसार १५औं नियमित महाधिवेशन प्रक्रिया अघि बढिरहेका बेला त्यसैलाई निरन्तरता दिनुपर्ने बताएका हुन्। ‘कांग्रेसको आन्तरिक जीवनमा हामी अहिले अप्ठ्यारो परिस्थितिमा छौं। […]

पूर्वमन्त्री होमनाथ दाहालको अन्त्येष्टि

काठमाडौँ, पुस २६ गते । नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको अन्त्येष्टि गरिएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक जेलजीवन बिताउनु भएका स्वर्गीय दाहाल विसं २०५६ को आमनिर्वाचनमा ओखलढुङ्गा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । उहाँले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो । स्व. दाहालले […]

रेसुङ्गाको नगरसभा : विधेयक पारितसँगै ऐन संशोधन

गुल्मी, पुस २५ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाको १८ औं नगरसभा सम्पन्न भएको छ । १८ औं नगरसभाको पहिलो बैठकबाट एक विधेयक पारित गर्नुका साथै दुई ऐन संशोधन गरी यस नगरपालिकाले हिउँदे सभा सम्पन्न गरेको हो । नगरप्रमुख खिलध्वज पन्थीको अध्यक्षतामा भएको १८ औं नगरसभाको पहिलो बैठकबाट रेसुङ्गा नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा […]

समानुपातिकको मतपत्र छपाइ सुरु हुँदै

काठमाडौँ, पुस २५ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपत्र छपाइ शुक्रबारदेखि सुरु हुने भएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ सुरु हुन लागेको हो । समानुपातिक र प्रत्यक्षको नमुना मतपत्र छपाइ सकिएपछि निर्वाचन आयोगले वास्तविक मतपत्र छपाइ प्रारम्भ गरेको हो । नेपाली सेनाको सुरक्षा घेरामा मतपत्र छपाइको कार्य प्रारम्भ हुने छ । […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल