चौमाला (कैलाली), पुस २३गते । राष्द्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन कार्यक्रम अनुसार धनगढीस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरिएको हो। केन्द्रमा भएको सहमति अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले एक–एक सिटका लागि उम्मेदवारी दर्ता गरेका छन्। नेपाली कांग्रेसको तर्फबाट […]
मकवानपुर, पुस २३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक सूचीमा चेपाङ समुदायका तीन जना परेका छन् । सीमान्तकृत समुदायबाट मकवानपुरका एकसहित तीन जना चेपाङ समुदायका समानुपातिक सूचीमा परेका हुन् । संविधान सभाका सदस्य एवं नेपाल चेपाङ सङ्घका अध्यक्ष गोविन्दराम चेपाङले फरक तीन वटा पार्टीबाट तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक […]
दाङ, पुस २१ गते । लुम्बिनी सरकारले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने तथा हेरफेर गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आइतबार बसेको लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । शम्भुप्रसाद मैनालीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विनोद लामिछानेलाई पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बन्धुप्रसाद बस्तोलालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, खिमबहादुर […]
काठमाडौँ, पुस १७ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिनुभएको छ। १३औँ राष्ट्रिय पोसाक दिवस तथा अन्तरराष्ट्रिय टोपी दिवस–२०८२ को अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले राष्ट्रिय पहिचानको प्रवर्द्धन अभियानलाई सरकारको साथ रहने विश्वास व्यक्त गर्नुभयो । सञ्चारमन्त्री […]
मकवानपुर, पुस १७ गते । राष्ट्रिय सभामा आगामी फागुनमा रिक्त हुने सदस्य पदका लागि माघ ११ गते निर्वाचनको तयारी तीव्र बनाइएको छ । नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम रिक्त हुन आउने राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि आगामी फागुन २० गते समाप्त हुने भएको छ । रिक्त हुने पदमध्ये एक जनाको नेपाल […]
काठमाडौँ, पुस १७ गते । गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्व गृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिनु भयो । आयोगले आज गृह […]
काठमाडौँ, पुस १७ गते। नेपाली कांग्रेसको नियमित महाधिवेशन स्थगित भएको छ। नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले वक्तव्य सार्वजनिक गर्नुहुँदै नियमित महाधिवेशन स्थगित भएको जानकारी गराउनुभएको हो। वक्तव्यमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत स्थगित गरिएको […]
चौतारा, पुस १७ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बाँनियाले नेपाल सरकारले सुरक्षाको उचित व्यवस्था नगरेसम्म तोकिएको समयमा निर्वाचन हुन कठिन हुने बताउनुभएको छ । सरकारले विश्वासको वातावरण सिर्जना गर्दै जिम्मेवार भएर अघि बढ्नु पर्नेमा उहाँको भनाइ छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा ९ गुफाडाँडामा आयोजित जलवायु सम्मेलन २०८२ का अवसरमा मुख्यमन्त्री बाँनियाले अफवाह फैलाउने र […]
काठमाडौँ, पुस १७ गते। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गर्नुभएको छ। नेपाल मगर सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा राख्नुभएको हो। सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको टोली प्रधानमन्त्री कार्कीलाई आउँदो माघेसङ्क्रान्तिमा आयोजना गरिने […]
माछापुच्छ्रे (कास्की), पुस १६ गते । राष्ट्रिय सभा सदस्यको चुनाव गराउन गण्डकी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पोखराको पार्दीस्थित प्रदेश निर्वाचन कार्यालयमै निर्वाचन अधिकृतको कार्यलय आजदेखि सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेशमा रिक्त हुन लागेका दुई सदस्य पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ । तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी […]