काठमाडौँ, मङ्सिर २५ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार ‘कला पत्रकारिताका अवस्था र चुनौती’ विषयक कार्यव्रmम सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यव्रmममा लेखक÷पत्रकार नारायण ढुङ्गानाले ‘कला पत्रकारिताका अवस्था र चुनौती’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमाथि पत्रकार सुशीला तामाङले टिप्पणी गर्नुभयो । कार्यव्रmमको विषयमाथि […]
सुलीकोट, मङ्सिर २५ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेत गाउँका बाटा जाडो मौसमको चिसो हावामा पनि अलि ठुलैै चाडपर्व आए जस्तै चहलपहलपूर्ण थिए । मङ्गलबार कुनै पर्व थिएन, न त मेलापात वा महोत्सव नै तर रुन्चेतको मुटु गण्डकी माध्यमिक विद्यालय असाध्यै भावुक र गौरवपूर्ण समारोहको साक्षी बन्ने दिन थियो । निष्ठापूर्वक आफ्नो कर्मप्रति इमानदार […]
काठमाण्डौ , मङ्सिर २४ गते । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १० बाट नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय अध्यक्ष योगेन्द्रकुमार कुँवर सिफारिस हुनुभएको छ। क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ प्रतिनिधि सभा निर्वाचनका लागि श्रमिक नेता योगेन्द्रकुमार कुँवरको नाम सिफारिस गरेसँगै श्रमिक आन्दोलन थप उत्साहित भएको हो। लामो समयदेखि ट्रेड युनियन आन्दोलनमा सक्रिय भूमिका निभाउँदै आउनुभएका कुँवरलाई उम्मेदवारका […]
काठमाडौँ, मङ्सिर २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोगको अपेक्षा गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “युवापुस्ताको आन्दोलनपश्चात् देशमा विकसित राजनीतिक परिस्थितिलाई सम्पूर्ण नेपाली जनताका साथै अन्तर्राष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको छ, देशको वर्तमान परिस्थितिलाई सामान्यीकरण गर्दै लैजान […]
काठमाडौँ, मङ्सिर २४ गते । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण […]
बागलुङ (गलकोट), मङ्सिर २४ गते । बागलुङको धौलागिरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा श्रीप्रसाद शर्मा नियुक्त हुनुभएको छ । शर्मालाई गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले नियुक्ति गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा शर्मालाई नियुक्त गरेको गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्का प्रवक्ता तथा आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले जानकारी दिनुभयो । प्रवक्ता […]
काठमाडौँ, मङ्सिर २४ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ५१ पैसा र बिक्रीदर १४४ रुपियाँ ११ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ ०५ पैसा र बिक्रीदर १६७ रुपियाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
काठमाडौँ, मङ्सिर २४ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि मानव अधिकारको सुनिश्चितता अझै अपूर्ण रहेको तथ्यलाई उजागर गरेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “युवापुस्ताको असन्तोष नातावाद र भ्रष्टाचारविरुद्धको विद्रोहका सन्दर्भमा अन्तर्राष्ट्रिय मानव अधिकार […]
नेपाली लोकसङ्गीत क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताउनुभएकी धनकुमारी थापा (सरु) सङ्गीतलाई जीवनमा अनिवार्य मान्नुहुन्छ । उहाँ नेपालमा पहिलो महिला दोहोरी साँझ खोल्ने व्यक्ति हुनुहुन्छ । हाल गीत/सङ्गीतसँगै उहाँ ‘हेयर एन्ड शीतल युनिसेक्स सैलुन र ह्यान्डिक्राफ्ट’ व्यवसायमार्फत रोजगारी सिर्जनामा संलग्न हुनुहुन्छ । ‘भर्चुअल युनिभर्सिटी फर पिस एन्ड एजुकेसन’ नामक भारतको एक विश्वविद्यालयबाट उहाँ मानार्थ विद्यावारिधिले विभूषित […]
काठमाडौँ, मङ्सिर २४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा बुधबार अपराह्न ४ बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । […]