काठमाडौँ, साउन १३ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मङ्गलबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र लुम्बिनीलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा […]
काठमाडौँ, साउन १३ गते । सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्दा अनियमितता हुने गरेको पाइएको छ । विद्यालय व्यवस्थापन समिति (विव्यस) ले आफूनिकटका शिक्षकलाई अनियमित तरिकाबाट प्रधानाध्यापक नियुक्त गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको हो । आयोगले हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार गरेर प्रधानाध्यापक नियुक्त गर्दा प्रचलित कानुनी व्यवस्थालाई पालना गर्न सचेत […]
काठमाडौँ, साउन १३ गते । कर्णाली विकास बैङ्कको रकम हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान पूरा गरेको छ । सिआइबीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको अनुसन्धान प्रतिवेदनमा १११ जना प्रतिवादीविरुद्ध तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपियाँ बिगो मागदाबी गरिएको छ । सिआइबीका आर्थिक तथा वित्तीय अपराध अनुसन्धान […]
काठमाडौँ, साउन १३ गते । गत असार २७ गते चितवनको कुमरोज सामुदायिक वनमा घाँस काट्न गएका पदमबहादुर रानाको बाघको आक्रमणबाट मृत्यु भयो । अघिल्लो वर्ष घना बस्तीस्थित नारायणी नदी किनारमा घुमफिर गर्न गएका एक जनालाई बाघले आक्रमण गरेर घाइते तुल्याएको थियो । यी दुई घटनाले पाटेबाघ संरक्षित वनमा मात्र सीमित नभएर सामुदायिक वन र घना […]
काठमाडौँ, साउन १३ गते । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस हुनुभएको छ । मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकालले अवकाश पाएसँगै न्याय सेवा आयोगले पौडेललाई सिफारिस गरेको हो । आयोगको सिफारिस अनुसार अब मन्त्रीपरिषद्ले पौडेललाई नियुक्ति र पदस्थापन गर्ने छ । पौडेल सर्वोच्चकै रजिस्ट्रार हुनुहुन्थ्यो । न्याय सेवाको कर्मचारीतर्फको विशिष्ट पद मुख्य रजिस्ट्रारबाट ढकालले आइतबारदेखि […]
काठमाडौँ, साउन १३ गते । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत नेपालमा सञ्चालनमा रहेको विकास परियोजनाले अब कुनै अवरोधबिना निरन्तरता पाउने भएको छ । नेपाल सरकार र एमसिसीबिच भएको नेपाल कम्प्याक्टलाई निरन्तरताका लागि अमेरिकी सरकारले औपचारिक अनुमति दिएसँगै अब कुनै अवरोधबिना परियोजना सञ्चालन हुने भएको हो । अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज […]
लेखनाथ, साउन १२ गते । सिन्धुलीबाट सम्पर्कविहीन भएको हायू परिवारका १६ जना सदस्यहरु कास्कीको पोखरा महानगरको गगनगौंडामा भेटिएका छन् । हायू परिवारका सदस्यहरु गगनगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । “उहाँहरु गगनगौडाका दुई जना स्थानीयको घरमा भेटिनुभएको छ” ओलियाले भन्नुभयो, “उहाँहरुलाई […]
धनगढी, साउन १२ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिनु हुने भएको छ । साउन १५ गते (बिहीबार) दिनको ५ बजे बस्ने प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत लिनु हुने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो । सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टीले असार तेस्रो साता फिर्ता […]
लमजुङ, साउन १२ गते । लमजुङको दोर्दी गाउँपालिकाले आफ्ना सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरेको छ । गाउँपालिकाले विभिन्न चार ठाउँबाट आइतबारदेखि निःशुल्क स्वास्थ्य बीमा अभियान सुरु गरेको हो । दोर्दीको वडा १ को भारते, वडा २ को अर्चलबोट, वडा ३ को लामाबगर र वडा ४ को नौथर शेराबाट निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम […]
काठमाडौँ, साउन १२ गते । १०औँ एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिप (जि-४) मा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली मङ्गलबार मलेसियाको सरावक जाने भएको छ । जुलाइ २४ देखि सुरु भएको प्रतियोगिता अगस्ट १ तारिखसम्म सञ्चालन हुनेछ । पाराको ग्योरोगीतर्फको खेल अगस्ट १ तारिखमा हुनेछ । पाँचै खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत विभिन्न […]