पाँच शव नेपाल ल्याउने तयारी

काठमाडौँ, मङ्सिर २५ गते । भारतको गोवास्थित एक नाइटक्लबमा गत शनिबार भएको आगलागीमा परेर मृत्यु भएका पाँच जना नेपाली नागरिकको शव नेपाल ल्याउन सरकारले पहल थालेको छ । उक्त नाइटक्लबको भान्सामा सिलिन्डर विस्फोट भएर आगो लाग्दा पाँच जना नेपालीसहित २५ जनाको मृत्यु भएको थियो । अन्य छ जनाभन्दा बढी घाइते भएका थिए । गोवा प्रहरीका […]

कञ्चनपुरको मोहना नदी–दैजी सडक निर्माणको ठेक्का तोडियो

काठमाडौँ, मङ्सिर २५ गते । हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी—डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि  बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौँसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३/७४मा ठेक्का सम्झौता भएको […]

कम्बाइन हार्वेस्टर र थ्रेसर मेसिनले किसानलाई राहत

भारदह(सप्तरी), मङ्सिर २५ गते ।  धान काट्न दाँइ (दौनी) गर्न खेतखेतमै कम्बाइन हार्वेस्टर मेसिन र दाँइ गर्न थ्रेसर मेसिन पुगेपछि जिल्लाका किसानलाई धान भित्र्याउन सहज भएको छ । जिल्लाको अधिकांश धान काट्ने काम सम्पन्न भइसकेकाले अहिले किसानहरू खेतमै धान दाँइ गरेर धान भित्र्याउन व्यस्त भएका हुन् । यी प्रविधि प्रयोगमा आएसँगै धान काटेर बोझ बनाएर […]

बाँकेमा १३८ ग्राम लागुऔषधसहित ६ जना पक्राउ

नेपालगन्ज, मङ्सिर २५ गते ।  पछिल्लो केही वर्ष यता बाँकेको नेपालगन्ज र कोहलपुरलाई लागुऔषधको ट्रान्जिट बनाएर विभिन्न जिल्लामा सप्लाई समेत गर्न थालिएपछि प्रहरीले लागुऔषध कारोबारलाई निस्तेज पार्न विशेष अप्रेसननै सञ्चालन गरेको छ । सोही अप्रेसनअन्तर्गत लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले संयुक्त रुपमा खोजतलाश र नियन्त्रण योजना बनाएर लागुऔषध कारोबारीलाई एकपछि […]

हुम्ला अस्पतालमा बायोमेडिकल ल्याव स्थापना

हुम्ला, मङ्सिर २५ गते । स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालमामा बायोमेडिकल ल्याव स्थापना गरिएको छ । जिल्लाभरका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा भएका उपचारका लागि आवश्यक उपकरणका मर्मतका लागि उक्त ल्याव स्थापना गरिएको हो । अस्पतालमा प्रयोग हुने उपकरणका लागि मर्मत गर्न अति आवश्यक पर्ने बायोमेडिकल ल्याव स्थापना भएर सुचारु भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख […]

पोखराको महेन्द्रगुफामा मौरी तथा मह मेला हुँदै

लेखनाथ, मङ्सिर २५ गते ।  वर्षैभरी विभिन्न महोत्सव हुने पर्यटन राजधानी पोखरामा आगामी शुक्रबार पृथक प्रकारको महोत्सव हुँदै छ । पोखरा–१६ मा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य महेन्द्रगुफा परिसरमा महोत्सव हुन लागेको हो । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा, पोखरा महानगरपालिका वडा नम्बर १६ र वडास्तरीय कृषि सञ्जाल पोखरा १६ को आयोजनामा मौरीपालनलाई प्रवर्धन गर्दै पर्यटनलाई […]

मुस्ताङमा लैङ्गिक हिंसा र चिसोबाट बच्न २६ वटा सचेतनामुलक अभियान

मुक्तिनाथ (मुस्ताङ), मङ्सिर २५ गते । चिसो ह्वात्तै बढेको उपल्लो मुस्ताङमा प्रहरीले समुदायमा पुगेर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसँगै जाडोबाट जोगिन २६ बटा सचेतनामुलक अभियान सञ्चालन गरेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको घरदैलोमा पुगेर हिंसा न्यूनीकरणसहित बालबालिका, वृद्धवृद्धालाई चिसोबाट जोगिने उपायहरू समेत सिकाउने गरिएको छ । बिहान र बेलुकीको समयमा अत्याधिक […]

पर्यटकबाट एक महिनामा दुई लाख २७ हजार राजस्व सङ्कलन

कञ्चनपुर, मङ्सिर २५ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको एक महिनामा दुई लाख २७ हजार पर्या–पर्यटन शुल्क उठाएको छ । निकुञ्जले चालू आर्थिक वर्षमा असोज महिनादेखि सफारी खुला गरे पनि कात्तिक महिनामा आन्तरिक तथा बाह्य पर्यटकबाट दुई लाख २७ हजार १२९ रुपियाँ राजस्व सङ्कलन गरिएको जनाएको हो । निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम […]

जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटायो

काठमाडौँ, मङ्सिर २५ गते ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरुलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटाएको छ । आसन्न प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य निर्वाचन तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सबै केन्द्रीय सदस्यहरुलाई तत्ततत्त निर्वाचन क्षेत्रमा नेर्वाचन केन्द्रित कार्य गर्ने गरी खटाइएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । […]

सर्लाहीको क्षेत्र नं. १ र २ बाट कांग्रेसका उम्मेदवार सिफारिस

सर्लाही, मङ्सिर २५ गते ।  सर्लाहीमा नेपाली कांग्रेसले क्षेत्र नं. १ र २ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं. १ मा क्षेत्रीय कार्य समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि बसेर सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको क्षेत्रीय सभापति हरिबहादुर लुङ्गेलीले दाबी गर्नुभयो । उहाँका अनुसार क्षेत्र नं. […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल