एनएसजेएफ स्पोर्टस् अवार्ड पोखरामा हुने

माछापुच्छरे (कास्की), साउन १४ गते । नेपाल खेलकुद पत्रकार मञ्चले विगत २१ वर्षदेखि काठमाडौँ गर्दैआएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२ औँ संस्करण पोखरामा हुने भएको छ । मञ्चले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार आगामी भदौ २९ गते पोखरा इभेन्ट सेन्टरमा अवार्ड कार्यक्रम हुनेछ । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१ मा विगत वर्षहरुमा झै […]

तागाधारीको पर्व जनैपूर्णिमा

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनै धारण गर्नेहरू (तागाधारीहरू) को धार्मिक पर्व जनैपूर्णिमा पर्व आउँछ । यो पर्व ब्राह्मण, क्षेत्रीय एवं वैश्य आदि जातिको चोखो, पवित्र एवं प्रमुख पर्व हो । व्रतबन्ध गरी जनै धारण गर्नेहरूका लागि यो तिथि उत्तम तिथि एवं दिन मानिन्छ । वैदिक कालदेखि लिएर महर्षिहरूका कालसम्म सबै वर्ण वर्गका मानवले यो कर्म गर्दै […]

निगौल गौशालालाई हस्तक्षेप नगर्न उच्चको आदेश

बर्दीबास, साउन १४ गते ।  उच्च अदालत जनकपुरले निगौल गौशालाको मन्जुरी विना गौशाला नगरपालिकालाई बजार ठेक्का प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय राजुराम सिलवाल र खेमराज भट्टको संयुक्त इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म गाई गौशालाको नाममा दर्ता रहेको कित्ता नं. ८२, ८३, ८४ मा कुनै प्रकारको हस्तक्षेप नगर्न नगराउन मङ्गलबार आदेश जारी […]

रुसमा ८.८ म्याग्निट्यूडको भूकम्प, सुनामी आउने चेतावनी

रुस, साउन १४ गते ।  रुसको पूर्वी तटपारि क्षेत्रमा बुधबार ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि धेरै क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको छ । अमेरिकी जीओलोजिकल सर्भे यूएसजीएसका अनुसार रुसको सुदूरपूर्वमा पर्ने क्याम्चाट्का प्रायःद्वीपमा उक्त शक्तिशाली भूकम्प गएको हो । बिबिसीकाअनुसार जापानको पूर्वी तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिइएको छ […]

माडीको सिमरा जान झोलुङ्गे पुल निर्माण हुँदै

चितवन, साउन १४ गते ।  खोला तरेर हिँड्नु पर्ने बाध्यता माडीको सिमरावासीमा हट्न लागेको छ । माडी नगरपालिका–३ सिमराका बासिन्दालाई बजार आउन पैदल नै खोला तरेर जानु पर्ने अवस्था थियो । वर्षौदेखि रिउ खोलामा पैदल तर्दा बगाएर ज्यान जाने जोखिम रहेको थियो । माडीको मुख्य बजार वसन्तपुरबाट ३ किलोमिटर टाढा चितवन राष्ट्रिय निकुञ्ज र खोलाले […]

चितवनका २५ हजार घरपरिवार बाढीपहिरोको जेखिममा

चितवन, असार १४ गते । चितवन जिल्लामा २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जिल्लाका सात पालिकामा बाढी र पहिरोको जोखिममा २५ हजारभन्दा धेरै घरपरिवार रहेको बताउनुभयो । जिल्लाका सात पालिकामा रहेका एक लाख २८ हजार ६६५ जनसङ्ख्या वर्षातका कारण प्रभावित बन्ने देखिएको छ । उहाँका […]

अष्ट्रेलियाका सहरहरूमा प्राकृतिक विपत्तिको जोखिम बढ्दै

अहिले २० वर्षमा एक पटक मात्र हुने यस्तो घटना अब तीन वर्षमै दोहोरिन सक्छ । आकस्मिक मौसमी घटनाहरू बढ्नेछन्, जसले घर, गाडी, खेती र सौर्य उपकरणहरूमा गम्भीर असर पुर्‍याउन सक्छ । सिड्नी, साउन १३ गते । एक नयाँ अध्ययन अनुसार, अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र पर्थजस्ता ठूला सहरहरूमा अब मौसमजन्य विपत्ति अझ […]

गृहमन्त्रीद्वारा हज समितिको अध्यक्ष नियुक्त

काठमाडौँ, साउन १३ गते । गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गर्नुभएको छ । आज मन्त्रिस्तरको निर्णयबाट सिरहाका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयअन्तर्गत रहने हज समितिको सदस्यहरुको नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

सुदूरपश्चिम, साउन १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देश विकासका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणमा निर्माण पूरा भएको सिँचाइ प्रणाली र विद्युत्गृहको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा परिर्वतन ल्याउनका लागि योगदान गरेका दुई ठूला दलको अहिलेको सरकार स्थिरता, […]

पूर्वप्रधानमन्त्री नेपाललाई वारेस राख्न अनुमति दिन अस्वीकार

काठमाडौँ, साउन १३ गते । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मुद्दामा वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ । न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई वारेस अनुमति नदिएको हो । विशेषले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाललाई आठदेखि १० वर्षसम्म कैद सजाय हुने कसुरमा मुद्दा चलाएकोले फौजदारी कार्यविधिसंहिताको व्यवस्था अनुसार वारेस अनुमति दिन […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल