alliance khabar

शनिबार, चैत्र १४, २०८२

बनेपा, चैत १४ गते ।

 शुक्रबार साँझ परेको वर्षाका कारण पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार रोसी खोलामा पानीको बहाव बढेकाले राजमार्ग सञ्चालन असम्भव भएको हो।

प्रहरीका अनुसार बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोसी गाउँपालिका–७ घुमाउने, रोसी गाउँपालिका–९ विरुवाडाँडा र रोसी गाउँपालिका–११ कालढुङ्गामा सडक पूर्ण रूपमा अवरुद्ध छ। अवरुद्ध सडक खोल्न सडक डिभिजन भक्तपुर र निर्माण व्यवसायीसँग समन्वय भइरहेको प्रहरीले जानकारी दिएको छ।

सर्वसाधारणलाई बीपी राजमार्ग प्रयोग गर्नुअघि सडकको अवस्था बुझ्न र सतर्क रहन प्रहरीले आग्रह गरेको छ। गत वर्षको असोज महिनामा बाढीले विपी राजमार्गअन्तर्गत भकुण्डेबेशीदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो।

यसैबिच, वर्षाका कारण रोसी खोलामा आएको बाढीले बगाउँदा राजमार्ग निर्माणमा कार्यरत रोसी गाउँपालिका–७ का कुन्साङ तामाङको मृत्यु भएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल