
हेटौँडा, जेठ १८ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारको नीति तथा कार्यक्रमका आधारमा सहमतिअनुसार आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट आउने बताउनुभएको छ । उहाँले बागमती प्रदेशका नागरिकको ईच्छा र आकांक्षालाई समेट्नेगरी नीति तथा कार्यक्रम आएको भन्दै प्रदेशलाई समृद्ध बनाउनेगरी नीति तथा कार्यक्रम आएको दावी गर्नुभयो । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष […]
काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा ३ रुपियाँ, मट्टीतेल र डिजेलमा १–१ रुपियाँ मूल्य घटाएको हो । अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १६८ रुपियाँ पर्नेछ भने मट्टीतेल र डिजेललाई १५३ रुपियाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोलको १७१ र मट्टीतेल र डिजेलको मूल्य १५४ रुपियाँ थियो […]
दैलेख,जेठ १८ गते : जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले राससलाई बताउनुभयो । कामदार अहोरात्र खटेका र […]
काठमाडौँ, जेठ १८ गते : काठमाडौं उपत्यकामा पनि अत्यधीक गर्मी महसुस गरिएको छ । विगत केही दिनदेखि बढ्दै गइरहेको यहाँको तापक्रम शुक्रबार ३३ डिग्री सेल्सियस पुग्नेछ । जल तथा मौसम विज्ञान विभागले आज काठमाडौंको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबिचमा रहने जनाएको छ । त्यस्तै विभागले आज काठमाडौँ उपत्यकामा अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षा […]
लेखनाथ, जेठ १८ गते । गएको चैत ९ गते विनोदबाबु बस्ताकोटीले सगरमाथा चुलीमा पाइला टेक्नुअघिसम्म परिवारले उहाँको यात्राबारे थाहै पाएको थिएन । शिखर पुगेको फोटो अस्ट्रेलियामा रहेकी बहिनीलाई बस्ताकोटीले पठाएपछि मात्र परिवारमा उहाँको सफल आरोहणको जानकारी भयो । उहाँकी नातेदार गीता तिवारीले अस्ट्रेलियाबाट पोखरा महानगरपालिका–२६, खरानेफाँट बस्ने परिवारलाई खबर भएपछि मात्र आरोहणबारे आफन्तले खबर थाहा पाएको सुनाउनुभयो । […]
काठमाडौँ, जेठ १८ गते । नेपाल विद्युत् प्राधिकरणले यो वर्ष करिब एक हजार दुई सय मेगावाट विद्युत् भारत निर्यात गर्नका लागि त्यहाँका केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाएको छ । आगामी बर्खायाममा स्वदेशभित्र खपत गरी बचत हुने आकलन गरिएको सो परिमाणको विद्युत् बिक्रीका लागि हरियाणा राज्य सरकारलगायत विभिन्न खरिदकर्ता निकायसँग सम्झौता गरी अन्तिम स्वीकृतिका लागि केन्द्रीय […]
हेटौँडा, जेठ १८ गते । मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २० जना घाइते हुनुभएको छ । शुक्रबार बिहान २ः४५ मिनेटको समयमा मनहरी–९ ज्यामिरेमा बस दुर्घटना हुँदा २० जना घाइते हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना.५ ख ५५१५ न.को यात्रुबाहक बसको अगाडिको पट्टा भाचिदा मनहरीमा बस अनियन्त्रित […]
अत्तरिया जेठ १७ गते। कैलाली जिल्लाको धनगढी उपमहानगरमा तापक्रम ४४.१ डिग्री सेल्सियस नाघेको छ। जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ। कार्यालयका मौसमविज्ञान सहायक सिंगल चौधरीले दिउँसो मापन गरिएको रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसको रेकर्ड थियो। बिहीबार ४४ […]
काठमाडौँ, जेठ १७ गते । काठमाडौँको तापक्रम बिहीबार ३४.४ डिग्री सेल्सियस पुगेको छ । विगत केही दिन यता उपत्यकाको तापक्रम बढ्दै गइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन पानी पार्ने प्रणाली विकास नहुने भएकाले तापक्रम अझै बढ्ने छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार अहिले स्थानीय वायु र पश्चिमी वायुको […]
सर्लाही, जेठ १७ गते : सर्लाही प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा खुलेका अवैध घरेलु मदिरा व्यवसाय (भट्टी) नष्ट गर्ने कार्यलाई तीव्रता दिएको छ । सीमा क्षेत्रका एकान्त ठाउँमा घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण तथा सेवन गराइँदा विभिन्न किसिमका दुर्घटना र अपराध बढ्न थालेको भन्दै प्रहरीले भट्टी भत्काउने अभियान चलाएको हो । जिल्ला प्रहरी कार्यालयले मातहतका […]