alliance khabar

मंगलबार, साउन १५, २०८१

काठमाडौँ, साउन १५ गते ।

देशभर साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । मन्त्रालयले यस वर्ष १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ । गत वर्ष साउन १२ गतेसम्म ७८.१ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

मन्त्रालयका अनुसार सात प्रदेशमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा एक लाख ७४ हजार ५७६ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये एक लाख ७३ हजार ७९९ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ ।

सबैभन्दा कम रोपाइँ भएको कोशी प्रदेशको कुल खेतीयोग्य जमिन दुई लाख ७६ हजार ३८६ हेक्टरमध्ये दुई लाख ५० हजार ६२४ हेक्टर अर्थात् ९०.७ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यसै अवधिसम्म कोशीमा ८३.६ प्रतिशत मात्र रोपाइँ भएको थियो । विगतका वर्षहरूमा सबैभन्दा ढिलो रोपाइँ हुने मधेश प्रदेशमा यस पटक अन्य प्रदेशकै हाराहारीमा रोपाइँ भएको कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार तीन लाख ५२ हजार ४४३ हेक्टर अर्थात् ९२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । जब कि गत वर्ष यतिबेला त्यहाँ ५८.८ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

बागमती प्रदेशमा एक लाख १२ हजार २७३ हेक्टर क्षेत्रफल रोपाइँ हुने भनिएकोमध्ये ९०.८ प्रतिशत अर्थात् एक लाख एक हजार ९९४ हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ८८ हजार २५२ हेक्टर अर्थात् ९१.९ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ । लुम्बिनी प्रदेशमा दुई लाख ८४ हजार ४८५ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ । कर्णाली प्रदेशको ४१ हजार ९०४ हेक्टर जमिनमध्ये ९६.९ प्रतिशतमा रोपाइँ सकिएको कृषि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

समयमा मनसुन सुरु भएको र नियमित पानी परेका कारण यस पटक धान रोपाइँ चाँडै भएको प्रवक्ता केसीले बताउनुभयो । किसानलाई सिँचाइ, मल र बिउको समस्या नहुँदा यस पटक धान रोपाइँमा वृद्धि भएको उहाँले बताउनुभयो । “यस पटक धान उत्पादनमा पनि वृद्धि हुने अनुमान गरिएको छ,” उहाँले भन्नुभयो । गत वर्ष ५७ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । यस पटक ६० लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य मन्त्रालयको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल